Saturday, January 28, 2023

फिक्कल गाउँपालिकामा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन हुने

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली- सिन्धुलीको फिक्कल गाउँपालिकामा व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन हुने भएको छ । नेपाल सरकारले सन् २०२४ (वि.स. २०८०) सम्ममा जन्म दर्ता शत प्रतिशत पु¥याउँने र अन्य व्यक्तिगत घटना दर्तामा उल्लेख्य रुपमा बृद्धि गर्ने अन्तराष्ट्रिय प्रतिवद्धता जाहेर गरेको थियो ।

सोही प्रतिवद्धता पुरा गर्नका लागी व्यक्तिगत घटना दर्तालाई नागरिकको कर्तव्यको रुपमा स्थापित गराउँदै गाउँपालिकाको साझेदारी तथा रिलिफ नेपाल सिन्धुलीको आयोजनामा बालमैत्री स्थानीय शासन कार्यान्वयनका निमित्त जन्म दर्तालाई शत प्रतिशत गर्ने उदेश्यले यहि साउन २९ गतेदेखि ३१ गतेसम्म शिविर सञ्चालन हुन लागेको हो ।

व्यक्तिगत घटना दर्ता शिविर यहि साउन ३१ गते वडा नम्बर १ को वडा कार्यालय महादेवडाँडा, २९ देखि ३१ गते सम्म २ नम्बर वडा कार्यालय पोखरी, ३ नम्बर वडा कार्यालय खोलागाउँ, ४ नम्बर वडा कार्यालय खाङसाङमा सञ्चालन हुने छ ।

साथै, साउन २९ वडा नम्बर ५ को कालिका नि.मा.वि जाङ्जाङ्, ३० गते श्री आधारभुत विद्यालय ठुल्ढुङगा, ३१ गते वडा कार्यालय सोल्पाठाना, २९ देखि ३० गते सम्म वडा नम्बर ६ को देउकीडाँडा सेवा प्रवाह केन्द्र र ३१ गते वडाकार्यालय रत्नावतीमा विहान १० देखि २ बजेसम्म शिविर सञ्चालन हुन लागेको गाउँपालिकाले एक सुचना निकालेर जानकारी दिएको हो ।

जन्म दर्ता गर्नका लागि बाबु वा आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, स्वास्थ्य संस्था अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन, घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण र मृत्यु दर्ताका लागि नागरिकता प्रमाण पत्रको प्रतिलिपि लिई शिविरमा उपस्थित हुन पर्ने छ ।

यस्तै, विवाह दर्ता गर्नका लागी दुलाहा, दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, श्रीमान, श्रीमती दुबैको हालै खिचेको अटो साईजको फोटो र बसाईसराई दर्ताका लागि सरिजाने सम्पुर्णको जन्म दर्ता, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र बसाईसराईको लगत हस्तान्तरण फारमको सक्कल प्रति लिई शिविरमा उपस्थित हुन गाउँपालिकाले सबैलाई आग्रह गरेको छ ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles