सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिकाले विरामीहरुलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउँने भएको छ ।
गाउँपालिका भित्रका वडाहरुमा विरामी भई उपचार गराईरहेका मृर्गौला प्रत्यारोपण गरेका, डायलाईसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीहरुलाई मासिक ५ हजारका दरले औषधि उपचार वापत खर्च उपलब्ध गराउँन लागेको गाउँपालिकाले जनाएको छ ।
विरामीहरुलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउँने सम्बन्धी कार्यविधि २०७८ बमोजिम उपचार वापत पाउने खर्चका लागी उपचाररत रहेको अस्पतालको विरामी पुर्जाको प्रतिलिपि, विपन्न प्रमाण पत्र वा सिफारिस पत्र, विरामीको बैक खाता नम्बर, राष्ट्रिय परिचयपत्र वा नागरिकता, नावालकको हकमा जन्मदर्ताको प्रतिलिपि, पासपोट साईजको फोटोसहित आफ्नो वडा कार्यालयमा विवरण संकलन तथा दर्ता गराउँन गाउँपालिकाले सबैलाई अनुरोध गरेको छ ।