Thursday, September 28, 2023

सिन्धुलीमा कोरोना संक्रमण दर बढ्दै, नागरिकले स्वास्थ्य मापदण्ड पालना गर्न भुले

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली – पछिल्लो समय सिन्धुलीमा कोरोना संक्रमणको दर बढ्न थालेको छ । जिल्लामा दैनिक ५ देखि १० जना सम्मलाई कोरोना संक्रमण भइरहेको छ । गत विहिबार २३ जनाको कोरोना परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भयो ।

शुक्रबार ५७ जनाको कोरोना परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भयो । कोरोना संक्रमण हुनेमा अधिकाशं कमलामाई नगरपालिकाको रहेको जिल्ला अस्पतालले जनाएको छ । हाल ३७ जना कोरोना संक्रमित होम आइसोलेसनमा उपचारत रहेका जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।

जिल्लामा हाल सम्म ३ हजार ९ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ति मध्ये ३ हजार ८ सय ६१ जना संक्रमण मुक्त भइसकेका छन् भने ४५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएकोे छ । जिल्लामा दैनिक कोरोना संक्रमण बढेको भन्दै सरोकारवाला निकायले सचेत हुन आग्रह गरिरहेको छ ।

यस्तै संक्रमण बढेपनि नागरिक लगाएत सरोकारवाला निकायले नै चासो दिएको छैन । दिन प्रतिदिन कोरोना संक्रिमत हुनेको संख्या बढेपनि नागरिक बिना मास्क निर्धक्क हिँड्डुल गरिरहेका छन् । सार्वजनिक स्थल तथा भेला सम्मेलनमा स्वास्थ्य मापदण्ड पालना गर्ने कमै देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लामा पछिल्लो समय कोरोना संक्रमणको दर बढी रहेकाले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

प्रशासनले एक सुचनामार्फत सम्पूर्ण सर्वसाधनलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेको हो । “सिन्धुली जिल्लामा पनि विगत केही दिनदेखि कोभिड–१९ संक्रमणको दर बढ्दै गइरहेको देखिएको छ।

विगतमा जस्तै फेरी पनि कोभिड–१९ को प्रतिरोध गर्न हामी सवैले एकजुट हुनुपर्ने देखिएको छ ।” सुचनामा भनिएको छ । संक्रमणको जोखिम कम गर्न तथा आफू र आफ्नो समाजलाई सुरक्षित गर्न खोप नलगाएका वा छुट भएका व्यक्तिहरुले खोप लगाउन समेत अनुरोध गरेको छ ।

यस्तै भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, सेनिटाइजर, दुरी कायम गर्ने जस्ता न्यूनतम स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न सुचनामार्फत अनुरोध गरेको छ । “कार्यालयमा सेवा लिन आउनुभएका सेवाग्राहीहरुलाई कोभिड–१९ सम्बन्धमा व्यक्तिगत र सामुदायीकस्तरमा अपनाउनुपर्ने सतर्कताका वारेमा सचेतना सहित मास्क वितरण गरिएको छ ।

संक्रमणको जोखिम कम नहुँदा सम्मका लागि यस कार्यालयमा मास्क अनिवार्य गरिएको हुँदा मास्क लगाएर मात्र प्रवेश गर्नहुन समेत सवैमा जानकारी गराइएको छ ।” सुचनमा उल्लेख गरिएको छ । कोरोना संक्रमणको बढेकाले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने चिकित्सक बताउछन् । “कोरोनो जोखिम छ ।

स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्नु पर्छ । नागरिक आफै सचेत हुन जरुरी छ । यस्तै भिड,भेला, कार्यक्रममा स्वास्थ्य मापदण्ड पालना भएन भने कोरोनाको दर झनै बढ्ने सम्भावना छ ।” एक स्वास्थ्यकर्मीले भन्नुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीले भिडभाड नगर्ने, मास्क अनिवार्य प्रयोग गर्न साथै स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई सचेत गराइरहेको जनाएको छ ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles