Thursday, June 8, 2023

सिन्धुलीको स्थानिय तहमा निर्वाचिन महिला जनप्रतिनिधिलाई सम्मान

सिन्धुली -अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले निर्वाचिन महिला जनप्रतिनिधिलाई सम्मान गरेको छ । शनिबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को जिल्ला विस्तारित बैठकमा स्थानिय तहमा निर्वाचित महिला जनप्रतिनिभिलाई सम्मान गरेको हो ।

अनेम संघ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष सबिता कोइरालाको अध्यक्षता तथा माओवादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । जिल्लामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को स्थितीको बिषयमा जिल्लाका नौँ वटै पालिकाका अध्यक्षले रिपोटिङ गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन) ले अन्याय सहने र अन्याय गर्ने दुबै पक्षनै अनेम संघ (क्रान्तिकारी) को नेतृ नहुने बताउनुभयो । उहाँले क्रान्तिकारी नेतृले अन्याय नगर्ने र नसहने पनि बताउनुभयो ।

पुरुषको तुलनामा महिला बढि अनुुशासीत र बढि संघर्ष गर्न सक्ने भएकाले महिलाको नेतृत्वमा देशको सम्मुनत विकासको अपेक्षा गर्ने सकिने बताउनुभयो । दाहालले पछिल्लो समय जिल्लामा महिलाहरुको सहभागिता भएपनि सक्रिय र प्रभावकारी सहभागिता भने नभएको बताउनुभयो ।

त्यसको कारण भने अहिले पनि महिलामा पितृसतात्मक सोच भएकाले महिलाहरुमा नेतृत्व गर्ने क्षमताको कमि भएको बताउनु भयो । रिपोटिङको क्रममा अनेम संघका पालिका अध्यक्षहरुले महिलालाई स्थानिय चुनावमा नेतृत्व गर्ने अवसरबाट बन्चित पारिएको गुनासो गरेका छन् ।

२०७९ बैशाख ३० गतेको दोस्रो स्थानिय चुनावमा महिलाले पाएको टिकट पनि गठबन्धनले गर्दा रद्ध गरिएको थियो ।साथै सिन्धुली जिल्लामा माओवादी केन्द्रबाट नवनिर्वाचित महिला जनप्रतिनिधिहरुलाई प्रमाण पत्र, खादा र अविरले सम्मान गरिएको थियो ।

कार्यक्रमको स्वागत मन्तव्य अनेम संघका केन्द्रिय सदस्य दिपा बोहोरा दाहालले राख्नुभएको थियो । कार्यक्रममा अनेम संघका केन्द्रिय उपाध्यक्ष प्रतिमा श्रेष्ठ,माओवादी केन्द्रका केन्द्रिय सदस्य दिर्घराज श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन अनेम संघ सिन्धुलीकी सचिव जमुना काफ्ले ले गर्नुभएको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...