Thursday, June 8, 2023

१५ जिल्लाका साना नदी तथा खोलामा बाढीको सम्भावना

काठमाण्डाै – आज र भोलि कोसी र नारायणी नदीको जलसतह सतर्कता तह आसपासमै रहने अनुमान रहेकाले सचेत रहन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर यी दुई नदीमा जलसतह केही घट्ने भए पनि जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यस्तै, आज १५ जिल्लाका साना नदी तथा खोलामा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सङ्खुवासभा, धनकुटा, सुनसरी, सप्तरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोकका साना नदी तथा खोलामा बाढीको जोखिम छ ।

यस्तै, नुवाकोट, रसुवा, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, कास्की, दार्चुला र आसपास भइ बहने नदी तथा खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । 

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...