Monday, June 5, 2023

सिन्धुलीमा लागु औषध मुद्धामा फरार रहेकी ठकुरी पक्राउ

सिन्धुली – सिन्धुलीमा लागु औषध मुद्धामा फरार रहेकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले हिजो बुधबार उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा गोलन्जोर गाउँपालिका वडा नम्बर ३ घर भई हाल कमलामाई न.पा. १३ बस्ने ६३ बर्षीय टिकामाया भन्ने टिकाकुमारी ठकुरी रहेकी छिन् ।

जिल्ला प्रहरीका कार्यालय सिन्धुलीका अनुसार २०७८ साल पुष १४ गतेको (लगत नं. १६१६ ) फैसलाले १० महिना ९ दिन कैद हालसम्म फारार रहेकी ठकुरीलाई खोजतलास गर्ने क्रममा कमलामाई न.पा.१३ रुचानि एरीयाको सार्बजनिक बाटोमा हिडिरहेको अबस्थामा फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेकी ठकुरीलाई फैसला कार्यान्वयनका लागी जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनु भयो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...