Monday, June 5, 2023

सिन्धुलीमा फरार प्रतिवादी पक्राउ

सिन्धुली- सिन्धुलीमा वनपैदावार मुद्दामा फरार रहेका एक प्रतिबादीलाई प्रहरीले प्रक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बस्ने ४२ बर्षीय सुब्बा मोक्तानलाई आज बुधबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले वनपैदावार मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट २०७८ मंसिर २१ गतेको (लगत नं. १५६५ ) फैसलाले ८ दिन कैद भई हाल सम्म फरार रहेका मोक्तानलाई कमलामाई न.पा. ६ बुधबारे हटिया एरीयाको सार्बजनिक बाटोमा हिड्दै गरेको अबस्थामा फेला पारी पक्राउ गरिएको सिन्धुली प्रहरीले जनाएको छ ।

पक्राउ परेका मोक्तानलाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत सिन्धुलीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले बताउँनु भयो

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...