Thursday, June 8, 2023

मावि खयरसाललाई स्कुल बस हस्तान्तरण

सिन्धुली- सिन्धुलीको मरिण गाउँपालिकाले वडा नम्बर ४ मा रहेको माध्यमिक विद्यालय खयरसाललाई स्कुल बस हस्तान्तरण गरेको छ ।

बुधवार एक कार्यक्रम विच गाउपालिकाका अध्यक्ष विमर्श मोक्तान(प्रख्यात)ले वडा नं. ४ का वडाअध्यक्ष जित बहादुर काल्तान र विद्यालयका प्रधानाध्यापक रामबाबु थापालाई बसको चावि हस्तान्तरण गर्नुभएको हो ।

माध्यमिक विद्यालयलाई आवासीय विद्यालयको रुपमा संचालन गर्नका लागि गाउँपालिकाले कुल २६ लाख ४२ हजार बराबरको स्कुल बस खरिद गरी विद्यालयलाई हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

माबि खयरसालमा यसै आर्थिक बर्षदेखि गाउँपालिकाकै पहिलो आवासीय विद्यालय संचालन गर्नका लागि आर्थिक बर्ष २०७९।०८० को बजेटबाट ५ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष मोक्तानले बताउनुभयो ।

स्कुल बस प्राप्त भएपछि अबका दिनमा टाडा टाडाका विद्यार्थीलाई घर स्कुल आउजाउ गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक थापाले बताउँनु भयो ।

बस हस्तान्तरण कार्यक्रममा मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझी, प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जी, शिक्षा शाखा प्रमुख नवराज बराल, सामाजिक विकास शाखा प्रमुख सुदिप केसी लगाएतको उपस्थिती रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...