Sunday, May 28, 2023

खोटाङमा भूकम्पबाट दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

सोलुखुम्बुकाे देउसामा एक महिलाको हत्या

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-७ देउसामा एक महिलाको हत्या भएको छ । देउसाकी ५२ वर्षीया कुमारी राईको गएराति घरमै हत्या भएको जिल्ला...

खोटाङ – खोटाङको साकेला गाउँपालिका–४ मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर आइतवार गएको भूकम्पले दुई विद्यालय भवन, एक प्रहरी चौकी र ४ सय ७५ घरमा क्षति पुगेको तथ्याङ्क सङ्कलन भएको छ । जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एउटा घर पूर्णरूपमा भत्किएको छ भने अरु चर्किएका छन् ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर पूर्ण रूपमा भत्किएको हो । साउन १५ गते बिहान ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरको थर्पुडाँडा माविको चारकोठे भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा रहेकाे सुर्केडाँडा माविको चारकोठे भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साकेला गाउँपालिकाका प्रमुख रविप्रकाश राईका अनुसार आजसम्मको विवरणमा साकेलामा ४ सय ६४ घरमा क्षति पुगेको छ ।

भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको विभिन्न वडामा ६ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकामा दुई र रावाबेँसी गाउँपालिकामा एक घरमा क्षति भएको विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँले जानकारी दिनुभयो ।

२०७२ साल वैशाख १२ गते गएको भूकम्पपछिको यो अर्को ठूलो भूकम्प हो ।

Hot Topics

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

Related Articles