Tuesday, December 5, 2023

उपचार नपाउँदा सर्पले टोकेका कमलामाई नगरपालिका ११ का ३२ वर्षीय युवाको मृत्यु

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

महोत्तरी : सर्पले टोकेका ३२ वर्षीय युवाको समयमै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ। सिन्धुली कमलामाई नगरपालिका ११ घर भइ बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन्।

श्रेष्ठ बर्दिबास-४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक प्रधानाध्यापक थिए। करिब मध्यराततिर सर्पले डसेको थाहा पाउनासाथ परिवारजनले बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुर्‍याएका थिए। गम्भीर अवस्थाका श्रेष्ठलाई भ्यान्टिलेटरको सघन उपचार आवश्यक भएको केन्द्रका प्राविधिकले बताएपछि जनकपुर पुर्‍याइएको थियो। 

झुल (मच्छरदानी) नलगाइ सुतेका श्रेष्ठलाई घरको छानाबाट झरेको गोमन सर्पले घाँटीमै डसेको थियो। गोमनको डसाइले गम्भीर बनेका श्रेष्ठलाई भ्यान्टिलेटरमा सघन उपचारको आवश्यकता दर्शाउँदै सर्पदंश उपचार केन्द्रका प्राविधिकले जनकपुर लैजान सुझाएपछि उनलाई जनकपुर पुर्‍याइए पनि उपचार हुन भ्याएन। प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका हुन् । 

‘सर्पदंशको घटनालगत्तै बर्दिबासमै भेन्टिलेटरको सघन उपचार पाएको भए ज्यानको आशा रहने थियो’, सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडा सञ्चालक बोर्डका अध्यक्ष कृष्ण देवकोटा भन्छन्, ‘दुःखका साथ भन्नुपर्छ, हामीले भेन्टिलेटरको प्रबन्ध गर्न सकेनौँ।’

विगतदेखि बर्दिबास नगरपालिका नेतृत्व र मन्त्रालयसम्म यो सुविधाको माग कैयौँ पटक गरिए पनि कसैले चासो नदिएका अध्यक्ष देवकोटाको गुनासो छ। सर्पदंशका बाक्लै घटना हुने बर्दिबास क्षेत्रमा पछिल्लो घटनासहित एक महिनाभित्रै तीन जनाको मृत्यु सघन उपचार नपाएरै भइसकेको छ।

तीन दिन पहिले एक जना र गत असारको तेस्रो साताको अन्त्यतिर एक गरी दुई जनाको भ्यान्टिलेटरको सघन उपचार नपाएरै मृत्यु भएको थियो। यसैबीच बर्दिबासमा नागरिक समाजका प्रतिनिधिले भ्यान्टिलेटर व्यवस्थापनका लागि नगर नेतृत्व र आफ्ना क्षेत्रका सङ्घीय सांसद (प्रतिनिधिसभा सदस्य) गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गराएका छन्।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles