Thursday, June 8, 2023

सिन्धुलीको तीनपाटन ११ स्थीत लाम्पन्टार बहुमुखि क्याम्पसमा गोलि चल्यो

सिन्धुली- सिन्धुलीको तीनपाटन गाउँपालिका ११ स्थीत लाम्पन्टार बहुमुखि क्याम्पसमा गोलि चलेको छ । शुक्रबार राति ९ बजेको समयमा स्थानियले गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले सो खबर पाएपछि खोजीकार्यमा खटिएको र गोली चलाएको आरोपमा आज शनिबार विहान २ बजे दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्नेमा तिनपाटन ११ का राजु धमला र सर्लाहीका एकजना छन् । धमलालेनै गोली पड्काएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको श्रोतले बतायो । धमला नशामै रहेकोले अनुसन्धानले पुर्णता नपाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

उनीहरुबाट हतियार भने बरामद नभएको प्रवक्ता लामाले बताउनुभयो । धमलाले किन गोली चलाए त्यो भने खुल्न सकेको छैन । थप अनुसन्धान भइरहेको डिएसपि लामाले जानकारी दिनुभयो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...