Tuesday, December 5, 2023

ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले तिन वर्षमा झण्डै ८ करोड राजस्व संकलन गर्यो

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

उर्मिला भट्टराई
सिन्धुली- जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले तिन वर्षको अवधिमा झण्डै ८ करोड राजस्व संकलन गरेको छ ।

कार्यालयले तिन वर्षका अवधिमा नियम विपरित चल्ने सवारी साधन कारबाहिबाट ७ करोड ९३ लाख ४३ हजार ५ सय राजस्व संकलन गरेको हो ।

आर्थिक वर्ष २०७८-७९ मा ३७ हजार सवारी साधन कारबाहिबाट ३ करोड ६९ लाख ८२ हजार राजस्व संकलन गरेको छ ।

यस्तै आर्थिक वर्ष २०७७-७८ मा ३२ हजार ७ सय सवारी कारबाहिबाट तिन करोड १५ लाख ४० हजार, आर्थिक वर्ष २०७६-७७ मा १३ हजार २ सय सवारी कारबाहिबाट १ करोड ८२ लाख १५ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख जे जङ्ग कार्किले बताए ।

ट्राफिक व्यवस्थापनका लागि नियमित चेकजाँचका क्रममा नियमविपरीत पार्किङ, मापसे गरी सवारीसाधन चलाएको, क्षमताभन्दा बढी यात्रु बोकेको, मालबाहक सवारीसाधनमा क्षमताभन्दा बढी सामान बोकेको सवारी कारबाही गर्दा उक्त रकम उठेको उनले जानकारी दिए ।

उनका अनुसार जिल्लामा ट्राफिक नियम उल्लंघनका घटनामा वृद्धि भएको छ । हरेक वर्ष ट्राफिक नियम उल्लंघन गर्ने सवारी बढ्दै गएको छ । दिन प्रतिदिन सवारी चाप बढेसँगै ट्राफिक नियमको बेवास्ता गर्नेहरू पनि बढेको कार्किले बताए ।

बढ्दो सवारी नियम उल्लंघनको कारण जिल्लामा सडक दुर्घटना समेत बढेको छ । सडकमा हुने अधिकांश दुर्घटना मानवीय कमजोरीका कारण हुने गरेको प्रमुख कार्किले जानकारी दिए् । तीन वर्षको अवधिमा जिल्लामा पाँच सय ७४ सवारी दुर्घटनामा एक सय १५ जनाले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७८-७९ मा दुई सय ८९ वटा सवारी दुर्घट्नमा ४६ जनाको मृत्यु भएको छ भने पाँच सय ४२ जना घाइते भएका छन् ।

यस्तै आर्थिक वर्ष २०७७-७८ मा २ सय १९ वटा सवारी दुर्घटनामा ३५ जनाले ज्यान गुमाएका छन् भने ४ सय ३६ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७६-७७ मा ६६ वटा सवारी दुर्घटनामा ३४ जनाले ज्यान गुमाएका छन् भने १ सय २२ जना घाइते भएका छन् ।

जिल्लामा दुई ठूला राजमार्ग रहेकाले सवारीसाधनको चाप बढि हुने र ट्राफिक नियम उल्लंघन पनि बढि हुने कार्कीले बताए ।

जिल्लामा विपी राजमार्ग र मदन भण्डारी राजमार्ग हुदैँ दैनिक हजारौँ सवारीसाधन गुड्ने गर्दछ । पछिल्लो केही वर्षदेखि ट्राफिक प्रहरीले ट्राफिक नियम कार्यान्वयन गराउन सवारी चेकजाँचलाई दैनिक अभियानकै रुपमा संचालन गरेपनि सवारी दुर्घट्ना न्युनिकरण हुन सकेको छैन ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles