Monday, June 5, 2023

कमलामाई ८ करकरेमा फेला परेको मोटरसाईकल सम्बन्धित ब्यक्तिलाई बुझाईयो

सिन्धुली – सिन्धुलीमा प्रहरीले हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ । ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको प्रहरी गस्ती टोलीले बागमती प्रदेश ०२–०३३ प.८६११ नं.को मोटरसाईकल क.न.पा. ८ करकरे स्थित झाडीमा बेवारिसे अवस्था फेला पारी गत शनिवार कार्यालय ल्याई राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उक्त मोटर साईकलको धनी खोजतलासी गर्ने क्रममा मोरङको उर्लाबारी नगरपालिका वडा न.६ घर भई हाल कागेश्वरी मनोहरा न.पा.वडा न.९ गोठाटार बस्ने रिजन निरौलाले मोटरसाईकलको आवश्यक कागजात सहित कार्यालयमा उपस्थित भएका थिए ।

उक्त मोटरसाईकलको कागजपत्र चेक जाँच गरि गत सोमबार निरौलालाई मोटरसाईकल बुझाईएको प्रहरीले जनाएको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...