सिन्धुली उद्योग वाणिज्य संघ मरिण शाखाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ मरिण शाखाका अध्यक्ष चिनध्वज बम्जनको अध्यक्षता, मरिण गाउँपालिकाकी उपाध्यक्ष बिमला माझीको प्रमुख आतिथ्यता र सिन्धुली उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग वाणिज्य परिषदका केन्द्रिय सदस्य अमरेश चन्द्र वैदारको विशिष्ट आतिथ्यतामा सोमबार साधारण सभा सम्पन्न भएको हो ।
उद्योग वाणिज्य संघ मरिण शाखाका अध्यक्ष बम्जनले साधारण सभाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । । २०७६ सालबाट व्यापारी वर्गको हकहितको निम्ति काम गदै आएको कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साथै, आफ्नो नेतृत्वमा हुदाँ गरेका कामहरु बुदागत रुपमा प्रस्तुत गदै उद्योग व्यवसायी, बिभिन्न संघ संस्थालाई समेटेर वित्तय शिक्षा र कर शिक्षा कार्यक्रम संचालन गरेको, कोभिड – १९ बाट बच्नका लागी लक डाउन अवधि भरि मरिणका बासिन्दालाई पटक पटक सुरक्षित रहन माईकिङ गरिएको र अत्यावश्यक सामाग्रीहरुको डाटा संकलन गरि स्थानीय सरकारलाई सहयोग गरेको, वाह्य तथा आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले गाउँपालिकाको वडा नम्बर १ मधुवनबाट सफलता पुर्वक प्यारा ग्लाईडिङ उडान गरेको समेत प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।
साथै, अबका दिनमा मरिण गाउँपालिकाको सबै वडामा बजार व्यवस्थापनको लागी स्थानीय सरकारलाई अनुरोध गर्ने, कृषि, पर्यटन, साँस्कृतिक, सुचना, प्रविधि तथा व्यापारलाई प्रवर्धन गर्नका लागी स्थानीय सरकारलाई सहयोग गर्ने, स्थानीय सरकार, व्यापारी सम्पुर्णको लगानीमा यस संस्थाको आफ्नो प्रयोजनको लागी निमार्णधिन भवनलाई पूर्णता दिने, उपभोक्ताको हकहितका लागी नियमित वजार अनुगमन गर्ने, व्यवसायीहरुलाई सामानको म्याद अवधिको बारेका जनचेतना मुलक कार्यक्रम संचालन गर्ने लगायत अन्य थुप्रै कार्य योजना रहेको अध्यक्ष बम्जनले बताउँनु भयो । शाखाका कोषाध्यक्ष नरेन्द्र कुमार कर्मचार्यले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिन्धुलीका सदस्य प्रेमनाथ मैनाली, नेपाल रेड्क्रस सोसाइटी कपिलाकोट उपशाखाका सभापनि मान बहादुर भुजेल, ईलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुख विरेन्द्र राज गुरुङ लगायत स्थानीय बुद्धिजीवी, समाजेवीहरुको उपस्थिति रहेको थियो ।