Thursday, June 8, 2023

जीवन विकास लघुवित्त वित्तीय सस्था सिन्धुलीद्धारा विपन्न परिवारलाई खाद्यन्न सामाग्री सहयोग

सिन्धुली – जीवन विकास लघुबित्त बित्तीय सस्था सिन्धुलीले विपन्न परिवारलाई खाद्यन्न सामाग्री उपलब्ध गराएको छ । शुक्रबार संस्थाले कमलामाई नगरपालिका वडा नम्बर ६ का गोविन्द विश्वकर्माको परिवार लाई खाद्य सामाग्री उपलब्ध गराएको हो ।

विश्वकर्माको परिवारलाई कनपा ६ का वडा अध्यक्ष उज्वल थापाको हातबाट ३० के.जीको एक बोरा चामल, ५ के.जी आलु, दाल २ के.जी, तेल २ लिटर, ४ पाकेट नुन, एक एक वटा फाईबर सिरक र डस्ना, २ वटा सिरानी प्रदान गरिएको जीवन विकास लघुबित्त बित्तीय सस्था सिन्धुलीका शाखा प्रमुख अविन कुमार मण्डलले बताउँनु भयो । विश्वकर्माको परिवारमा ५ जना रहेका छन् । जीवन विकास लघुबित्त बित्तीय सस्थाले हाल रातमाटा सिन्धुलीमा रहेको सेवा प्रवाह गरिरहेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...