Thursday, September 28, 2023

विपि राजमार्ग छोटो बन्दै

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली- सिन्धुलीको खुर्कोट चियाबारी खण्डमा सुरुङमार्ग निर्माण भएपछि विपि राजमार्गको लम्बाइ घट्ने भएको छ । राजधानीलाई मधेससँग जोड्ने बीपी राजमार्गको लम्बाइ घटेर १३९.६ किलोमिटरमा सीमित हुने भएको हो ।

हाल बीपी राजमार्ग (धुलिखेल–बर्दिवास) को कुल लम्बाइ १६० किमि छ । बीपी राजमार्गको खुर्कोट–चियाबारी खण्डमा ७.७ किमि लामो सुरुङ बन्ने भएपछि राजमार्गको लम्बाइ घट्ने सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाका उपमहानिर्देशक रामहरि पोखरेल बताउनुभयो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा निर्माण हुन लागेको उक्त सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन (प्रि–फिजिबिलिटी रिपोर्ट) तयार भइसकेको छ । सन् २०२२ को फेब्रुअरीमा सुरुङमार्गको प्रि–फिजिबिलिटी अध्ययनको रिपोर्ट जाइकाले तयार गरेको उपमहानिर्देशक पोखरेलले बताउनुभयो ।

खुर्कोट–चियाबारी सुरुङमार्ग बनाउन ४० अर्ब लाग्ने अनुमान गरिएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक टोलीले सार्वजनिक गरेको पूर्व संभाव्यता अध्ययनले सुरुङमार्ग बनाउ सो रकम लाग्ने अनुमान गरेको हो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार नभएकाले यो अनुमानित लागत मात्र हो ।

१० वर्षमा निर्माण सम्पन्न गर्न अनुरोध

सडक विभाग र विकास सहायता कार्यान्वयन महाशाखाले सन् २०३१ सम्म अर्थात १० वर्ष सम्म सुरुङमार्ग निर्माण सक्न अनुरोध गरेको छ । जाइकाले सन् २०४१ अर्थात २० वर्षमा सुरुङमार्ग निर्माण सक्ने जनाएको थियो ।

जाइकाले कुनै पनि आयोजना निर्माण गर्दा अध्ययनमा धेरै समय लगाउने भएकाले तत्कालै सुरुङमार्ग निर्माण भने नहुने बताइएको छ । क्यापिटल नेपालसँग कुरा गर्दै विभागका उपमहानिर्देशक पोखरेलले भन्नुभयो, ‘जापानीजहरु सानो–सानो कुरा पनि राम्रोसँग अध्ययन गर्छन्, हाम्रोजस्तो छिटो अध्ययन हुँदैन ।

धेरै समय लगाएर राम्रो अध्ययन गर्ने उनीहरुको बानी नै हो । उनीहरुले २०४१ सम्म निर्माण गर्ने भनेका थिए अझ हामीले छिटै गर्नु भनेको हो । पूर्वाधार निर्माणमा एकदमै ध्यान दिएर अध्ययनमा समय लगाउने गर्छ जापानले । तर, काम राम्रो हुन्छ,’ पोखरेलले भन्नुभयो ।

३७ अर्ब रुपैयाँ लागत

प्रि–फिजिबिलिटीको ड्राफ्ट रिपोर्टले यसअघि खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न ३५ देखि ४० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको थियो । तर, प्रि–फिजिबिलिटीकै फाइनल रिपोर्टले भने ३७ अर्ब रुपैयाँ लाग्ने देखाएको उपमहानिर्देशक पोखरेलको भनाइ छ । उहाँका अनुसार ७.७ किलोमिटर लामो सुरुङमार्ग बन्ने अध्ययनले देखाएको छ ।

त्यस्तै १.६ किलोमिटर पहुँचमार्ग पनि निर्माण हुने छ । खुर्कोट–चियाबारी खण्डमा सुरुङमार्ग निर्माण भएपछि २२ किमिभन्दा बढी सडकको दूरी छोटिने महाशाखाले जनाएको छ । प्रि–फिजिबिलिटी अध्ययन सम्पन्न भए पनि सुरुङको दुवैतर्फको सुरुवाती बिन्दु कहाँ बनाउने भन्ने निष्कर्ष निष्किएको छैन ।

महाशाखाका अनुसार खुर्कोटतर्फ मात्रै सुरुङको सुरुवात बिन्दु राख्न ५ ठाउँमा अध्ययन गर्ने जाइकाले जनाएको छ । यद्यपि ५ ठाउँमध्येबाट सबैभन्दा उपयुक्त ठाउँमा सुरुङको प्रवेशद्वार रहने छ । खुर्कोट–चियाबारी सुरुङमार्गको प्रि–फिजिबिलिटीे अध्ययन सीआईटी इन्टरनेसनल कम्पनी र ओरियन्ट कन्सल्टेन्टको जेभी पाटर््नरले गरेको थियो । प्रि–फिजिबिलिटी अध्ययन सम्पन्न गरेपछि भने जाइकाले थप अध्ययन गरेको छैन ।

साथै थप अध्ययन गर्ने विषयमा अहिले कुनै जानकारी प्राप्त नभएको महाशाखाले जनाएको छ । जाइकाको सहयोगमा हाल नागढुंगा सुरुङमार्ग निर्माणाधीन छ । जलविद्युत् तथा खानेपानी आयोजनामा सुरुङमार्ग बने पनि सडक सञ्जालमा निर्माण हुन लागेको नागढुंगा सुरुङमार्ग नेपालको पहिलो सुरुङमार्ग हो । २०७६ कात्तिक ४ गते शिलान्यास भएको नागढुंगा सुरुङमार्गको हालसम्म ३९ प्रतिशत काम सकिएको छ ।

४२ महिनाभित्र सक्ने गरी सुरु भएको सुरुङमार्ग निर्माणको काम हालसम्म ३९ प्रतिशत मात्रै हुँदा निर्धारित समयमा सुरुङमार्ग सञ्चालन गर्न आयोजनालाई चुनौती बढ्दै गएको छ । नागढुंगा सुरुङमार्गको लम्बाइ २ हजार ६८८ मिटर रहेको छ । नागढुंगापछि जाइकाको सहयोगमा खुर्कोट–चियाबारी सुरुङमार्ग निर्माण गर्न लागिएको हो ।

साथै हालसम्म नेपालमा सडक सञ्जालको क्षेत्रमा बनाउन लागिएका सुरुङमार्गमध्ये सबैभन्दा लामो सुरुङमार्ग खुर्कोट–चियाबारीकै हुने अध्ययनले देखाएको छ । नागढुंगापछि निर्माणको तयारीमा रहेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएर ठेक्का सम्झौता भइसकेको पाल्पाको सिद्धबाबा सुरुङमार्गको काम आगामी मंसिरबाट सुरु हुनेछ ।

सिद्धबाबा सुरुङमार्ग भने सरकारले आफ्नै लगानीमा बनाउने तयारी गरेको छ । त्यस्तै दोलखाको लामाबगर सुरुङमार्गको डीपीआर तयारी भए पनि सवारीको चाप कम हुँदा ठेक्का सम्झौताको प्रक्रिया नै अन्योलमा परेको छ । साथै सडक विभागले लामाबगरमा सुरुङ बने पनि फाइदा नहुने भएकाले तत्काल काम अगाडि नबढाउने जनाएको छ ।

त्यसबाहेक काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा ३ वटा सुरुङमार्ग निर्माण हुने भएका छन् । यद्यपि फास्ट ट्रयाक नेपाली सेनाले निर्माण गरिरहेकाले सडक विभागको विवरणमा भने फास्ट ट्रयाकका ३ वटा सुरुङको संख्या समावेश भएको छैन । हाल नेपालमा २ दर्जन बढी सुरुङमार्ग निर्माण हुने घोषणा गरिएको छ ।

तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागका केही कर्मचारीहरु घोषणा भएका सबै ठाउँमा सुरुङमार्ग नबन्ने बताउँछन् । नेपालको अर्थतन्त्रले धान्न नसक्ने र सबै ठाउँमा सवारीसाधनको चाप पनि धेरै नभएको उनीहरुको तर्क छ । यद्यपि बीपी राजमार्गमा सवारी चाप बढी भएकाले सुरुङमार्गको आवश्यकता रहेको बताइएको छ ।

साथै जाइका पनि बीपी राजमार्ग आफैंले निर्माण गरेकाले सुरुङमार्ग बनाउन सकारात्मक देखिएको हो । जसका कारण खुर्कोट–चियाबारी सुरुङमार्ग बन्ने निश्चितजस्तै भएको छ । काठमाडौंबाट बनेपा–सिन्धुली–बर्दिबास जोड्ने बीपी राजमार्ग २०५२ सालमा निर्माण सुरु गरी २०७२ असारमा जापानले नेपाललाई हस्तान्तरण गरेको थियो । जसको लागत २६ अर्ब जापानी येन थियो ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles