Thursday, June 8, 2023

तिनपाटनमा कृषकलाई प्लास्टिकको टनेल बितरण

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिकाले कृषकलाई प्लास्टिकको टनेल बितरण गरेको छ । आर्थिक बर्ष २०७८ र ७९ को बार्षिक गाउँसभाबाट स्वीकृत तेस्रो चौमासिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कृषकलाई प्लास्टिकको टनेल बितरण गरिएको हो ।

गाउँपालिकाले वडा नम्बर १,५,७,८ का दस दस जना, वडा नम्बर २ का ११ जना, वडा नम्बर ३ का ३ जना, वडा नम्बर ४ का ११ जना र वडा नम्बर ६ र १० का बाह्र बाह्र जना कृषकलाई टनेल बितरण गरेको छ ।

यस्तै, वडा नम्बर ९ का ४ जना र वडा नम्बर ११ का १३ जना कृषकलाई प्लास्टिकको टनेल बितरण गरिएको गाउँपालिकाका कृषि प्राबिधिक बिकास सुनुवारले जानकारी दिनु भयो ।

गाउँपालिका भित्रका ९६ जना कृषकलाई बितरण गरिएको प्लास्टिक टनेल प्रति गोटा ६ हजार रुपैयाँ मूल्य रहेकोमा किसानहरूलाई पचास प्रतिशत अनुदानमा ३ हजार रुपैयाँमा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । उत्पादन बढाई आयआर्जन बृद्धि गर्ने उदेश्यले टनेल बितरण गरिएको हो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...