Monday, December 4, 2023

सिन्धुलीमा बलात्कारको घटना बढ्यो

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

सिन्धुली- सिन्धुलीमा एक वर्षको अवधिमा ४० जना महिला तथा बालिका बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७८-०७९ मा जिल्लामा ४० जना महिला तथा बालिका बलात्कृत भएका हुन् । बढी आफन्त र चिनेजानेको व्यक्तिबाट महिला तथा बालिका बलात्कृत हुने गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । “धेरै जसो आफन्त र चिनेजानेको व्यक्तिबाट महिला तथा बालिका बलात्कृत भएका छन् । चिने जानेको भएकाले विश्वास गर्छन् ।

त्यहि विश्वासको कारण पनि बढी यस्तो घटना घटिरहेको छ ।” उहाँले भन्नुभयो । नागरिकमा चेतनाको विकास भएको कारण बलात्कारको घटना बाहिर आउन थालेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो वर्ष जिल्लामा बलात्कारको घटना बढेको छ । गत आर्थिक वर्ष ०७७-७८ मा ३४ वटा बलात्कारको घटना दर्ता भएका थिए । यो वर्ष जवरजस्तिकरणी उद्योगको १६ वटा मुद्धा दर्ता भएका छन् । १५ वटा बालयोनदुरुप्रयोगको र दुइ वटा बालविवाहको मुद्धा दर्ता भएको प्रहरी कार्यालयले जनाएको छ ।

किन बढ्दै छ बलात्कारको घटना ?

समाजमा सचेना र जागरण बढेपछि यौन हिंसा बाहिर आउनथालेको महिलाअधिकारकर्मी बताउँछन् । हिजो पुरानो मान्यता थियो, पीडित आफै दोषी हुनुपर्ने अवस्था थियो तर अव समाजमा चेतना बढेको र कानूनी ज्ञान पनि भएकाले घटना बाहिर आउने गरेको महिला अधिकारकर्मि अनिता पहाडिले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक कानुनले नाबालिकाको उमेर बढाएको कारणले बलात्कारको घटना बढी दर्ता हुने गरेको बताउनुहुन्छ । “पहिले १६ वर्षसम्मका उमेरलाई नाबालिका भनिन्थ्यो अहिले त्यो उमेरलाई १८ वर्ष पुराएको छ । १८ वर्ष भन्दा कम उमेरमा सहमति मै भएको योनसम्र्पकलाई पनि बलात्कार भनिन्छ ।

त्यसैले पनि यो घटना बढीरहेको छ ।” उहाँले भन्नुभयो । विस्तारै नागरिक चेतनशिल हुदै गएकाले बलात्कारको घटना बाहिर आएको उहाँको भनाइ छ । बालिका बलात्कार गर्न आपराधिक मानसिकता भएका मानिसलाई फकाउन र आक्रमण गर्न सजिलो हुने भएकाले बालिकामाथिको बलात्कार बढेको उहाँ बताउनुहुन्छ । “बलात्कारका घटना हेर्ने हो भने अधिकांश पीकड पक्ष आफन्त नै हुने गरेका छन् । अझ ८० प्रतिशत बलात्कार आफन्तबाटै हुने गरेको प्रहरीको विश्लेषण छ । आफन्तबाट नै बलात्कारमा परिएला भन्ने पीडितले कल्पना गरेको हुँदैन । तर, आफन्तबाट नै यसरी बलात्कारमा परेको देखिन्छ ।” उहाँले भन्नुभयो । समाजमा यस्ता घटना अझैपनि लुकेर बसेको उहाँले बताउनुभयो ।

यस्तो छ कानुनी व्यवस्था

नेपालमा बलात्कार तथा यौन जन्य अपराधका संबन्धमा विभिन्न कानुनी व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा वालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ ।

बैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।त्यस्तै, मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एचआइभी पोजिटिभ) भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए दफा १ सय ५ बमोजिमको सजाय, अन्य सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै जबर्जस्ती करणी भएको भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनले गरेको छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुने कानुनी व्यवस्था छ ।

१० वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे २० बर्षसम्म कैद हुने ब्यवस्था कानुनमा छ । १४ वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद हुने ब्यवस्था छ । १६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म, १८ वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सातदेखि १० वर्र्षसम्म कैदको व्यवस्था ऐनले गरेको छ ।सामूहिक रुपमा जवर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जवर्जस्ती करणी गरेमा उपदफा ३ मा लेखिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।

Hot Topics

झापा मा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

झापाको मेचीमगर नगरपालिका–१३ लोकमार्ग स्थितमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।

हेटौँडामा ट्रयाक्टर दुर्घटना, दुई जनाको घटनास्थलमै ज्यान गयो

मकवानपुर – मकवानपुको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

Related Articles