Sunday, January 29, 2023

सिन्धुलीमा लागुऔषध सहित चार जना पक्राउ

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

सिन्धुली-सिन्धुली प्रहरीले लागुऔषध सहित चार जनालाई पक्राउ गरेको छ । विभिन्न ठाउँमा चेक जाचँको क्रममा प्रहरीले लागुऔषध चार जनालाई पक्राउ गरेको हो ।

असार १७ गते ईलाका प्रहरी प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलिले कमलामाई न.पा.९ भिमान चेकपोष्ट स्थित बि.पि.राजमार्गमा सवारी साधन, यात्रुलाई चेकजाँच गर्ने क्रममा मोरङबाट काठमाण्डौं तर्फ जाँदै गरेको हाईसमा सवार काभ्रे खानिखोला गाउँपालिका २ का २५ वर्षिय कृष्ण थापालाई लागुऔधष सहित पक्राउ गरेको छ ।

थापाले बोकेको रातो रङगको भिर्नि झोला चेकजाँच गर्दा उक्त झोला भित्र पाईलट चुरोटको खालि बट्टामा प्लास्टिकले पोका पारी टेपले बेरी ल्याएको अबस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको थियो । उक्त लागुऔषध (पदार्थ) तौल गर्दा ७ ग्राम १३५ मिलिग्राम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो ।

थापालाई लागु औधष सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालत सिन्धुलीमा पेश गरी ७ (सात) दिनको म्याद लिई अबश्यक थप अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । सोहि दिन हरिहरपुरगढी गाउँपालिका ३ गुरुजी स्थितमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरी टोलीले सवारीसाधन रोकी चेकजाँच गर्ने क्रममा हेटौडाबाट सिन्धुली तर्फ आउँदै गरेको ना. ४६ प १३३० नम्बरको मोटसाइकल चालक हेटौडा उपमहानगरपालिका १६ हटियाका २५ वर्षिय अनिल कुमार नगरकोटी र पछाडि सवार रौतहट चन्दपुर नगरपालिका ९ सिन्दुरेका ३५ वर्षिय नबराज विकलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

मोटसाइकलको दायाँ पट्टीको लुकिङ ग्लासको रबर भित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखिएको अवस्थामा ३.१३० ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र सोहि मोटसाइकल पछाडि सवार विकको पर्स भित्र राखेको पुकारको खोलमा लुकाई छिपाई राखेको अवस्थामा ०.२७० मिलि ग्राम ब्राउन सुगर जस्तो पदार्थ फेला प्रहरीले जनाएको छ ।

दुवै जनालाई लागुऔषध मोटसाइकल सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालत सिन्धुलीमा पेश गरी सात दिनको म्याद लिई अबश्यक थप अनुसन्धान भईरहेको प्र.ना.उ लामाले जानकारी दिनुभयो । यस्तै, असार १८ गते ईलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको प्रहरी टोलिले कमलामाई नगरपालिका ९ भिमान चेकपोष्ट स्थित बि.पि.राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिराटनगरबाट काठमाण्डौ तर्फ आउँदै गरेको हाईसमा सवार मोरङ रामथान गाउँपालिका १ का २३ वर्षिय रोशन कुमार भगतलाई लागुऔषध सहित पक्राउ गरेको छ ।

भगतले बोकेको कालो रङको भिर्नि झोलाको भित्रि गोजिमा सेतो प्लास्टिकमा पोका पारी ऋइँँभ्भ् चकलेटको खालि खोल भित्र लुकाई छिपाई ल्याएको ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ तौल गर्दा अन्दाजी २६० मिलिग्राम, नियन्त्रित लागु औषध जस्तो देखिने Nitrazepam Tablets–२ पिस र NITRAVET 10  लेखिएको ४ पत्तामा १८ पिस ट्याब्लेट सहितको लागुऔषध फेला परेको छ । लागुऔषध सहित भगतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई जिल्ला अदालत सिन्धुलीमा पेश गरी सात दिनको म्याद लिई अबश्यक थप अनुसन्धान भईरहेको प्र.ना.उ लामाले जानकारी दिनुभयो ।

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles