Tuesday, February 7, 2023

सिन्धुलीमा नयाँ उद्योग दर्ता गर्नेको संख्या घट्यो

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

सिन्धुली – ­ सिन्धुलीमा नयाँ उद्योग गर्दा गर्नेको संख्या घटेको छ । जिल्लामा ११ महिनाको अवधिमा ५ सय ३५ वटा नयाँ उद्योग दर्ता भएका छन् । गत एक वर्षको अवधिमा साढे ९ सय भन्दा बढी उद्योग दर्ता भएका थिए ।

आर्थिक वर्ष २०७७-७८ मा ९ सय ५९ नयाँ उद्योग दर्ता भएको उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीका प्रमुख प्रबीण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष अनुदान कम भएकाले नयाँ उद्योग दर्ता गर्नेको संख्या घटेको हो । “कृषिमा पाउने विभिन्न अनुदान जस्तै उद्योग दर्ता गर्नेलाई प्रोत्साहन स्वरुप दिने छुट, लगानी साथै कोभिड लगाएतका अनुदान कम भएको कारण यो वर्ष नयाँ उद्योग गर्दा गर्ने कम भएको हो ।” उहाँले भन्नुभयो ।

गत आर्थिक वर्ष २०७७-७८ मा सबैभन्दा बढी कृषि तथा वन्यजन्य तर्फ ७ सय ५३, सेवामुलक उद्योगतर्फ १ सय ७८ र उत्पादनमुलक उद्योगतर्फ २८ रहेका छन् । दर्ता भएका कृषि तथा वन्यजन्य तर्फका ७ सय ५३ उद्योगमा ३ सय ५४ जना महिला र ४ सय ५८ जना पुरुष उद्यमी भएका छन् भने १ हजार २ सय २८ जना महिला र १ हजार ८४ जना पुरुषले रोजगारी पाएको छन् ।

दर्ता भएको उत्पादनमुलक २८ वटा उद्योगमा ५ जना महिला र २५ जना पुरुष उद्यमी भएका छन् भने ३८ जना महिला र ५४ जना पुरुषले रोजगारी पाएका छन् । यस्तै दर्ता भएको सेवामुलक १ सय ७८ उद्योगमा ८९ जना महिला र ९० जना परुष उद्यमी भएका छन् । साथै २ सय ८२ महिला र २ सय ७८ पुरुषले रोजगारी पाएका छन् । जिल्लामा यो वर्ष पनि सबैभन्दा बढी कृषि तथा बन्यजन्य तर्फका उद्योग दर्ता भएको छ ।

यो वर्ष भने राजश्व बढेको छ । ११ महिनाको अवधिमा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुलीले १ करोड ४६ लाख ९२ हजार ४ सय ८० राजश्व संकलन गरिसकेको छ । गत आर्थिक वर्ष ०७७-७८ (एक वर्ष) मा उद्योग प्रशासनबाट १ करोड ३२ लाख ९८ हजार ३ सय राजश्व सकंलन भएको थियो । उक्त राजश्व दर्ताबाट १ करोड १२ लाख १७ हजार ६ सय र उद्योग प्रशासन सम्बन्धी अन्य कार्यबाट २० लाख ८० हजार ७ सय राजश्व संकलन भएको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।

यस्तै वाणिज्य प्रशासनबाट ७६ लाख ७८ हजार ८ सय राजश्व संकलन भएको छ । कार्यालय प्रमुख श्रेष्ठका अनुसार प्रशासनिक सेवा शुल्क बाट १ लाख १५ हजार १ सय, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट २ करोड ९ लाख ६९ हजार २ सय ८५, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट २० हजार र धरौटी सदरस्याहाबाट ७ लाख ६९ हजार १ सय ४३ रुपैया राजश्व संकलन भएको थियो ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles