Thursday, June 8, 2023

फिक्कल गाउँपालिकाका उत्कृष्ठ सासु बुहारी सम्मानित

सिन्धुली- सिन्धुलीको फिक्कल गाउँपालिकाले प्रत्येक वडाका उत्कृष्ठ सासु बुहारीलाई सम्मान गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गरि ६ वटा वडाका ६ जोडी सासु बुहारीलाई नगद सहित सम्मान गरेको हो ।

गाउँपालिकाले मेलमिलापका साथ सासु बुहारी संगै बसेका ६ वटा वडाका १२ जना सासु बुहारीलाई चार चार हजार नगद, प्रमाणपत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनु भयो ।

सम्मानित हुनेमा वडा नम्बर १ का बेलीमाया मगर, मिरा कुमारी मगर, वडा नम्बर २ का बुधु कुमारी काफ्ले, कुन्ता काफ्ले, वडा नम्बर ३ का कृष्णमाया आले, अम्ममाया आले, वडा नम्बर ४ का मनमाया बलम्पाकी मगर र पार्वती मगर रहेका छन् । यस्तै, वडा नम्बर ५ का मान कुमारी भण्डारी, मेनुका भण्डारी र वडा नम्बर ६ का धनमाया राई र किस्तु कुमारी राई रहेका छन् ।

सासु बुहारीको बिचको सम्बन्ध आमा छोरीको जस्तो बनाउँने, लैङ्गिक हिंसा रहित सभ्य समाज निमार्ण गर्ने, जनचेतना फैलाउँने उदेश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष सुनुवारले बताउँनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष राजु बराल, सम्पुर्ण वडाका वडा अध्यक्ष लगायत गाउँपालिकाका अन्य कर्मचारीको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...