Monday, June 5, 2023

सिन्धुलीका स्थानीय तह विपद् सतर्कता अपनाउन जुट्दै

सिन्धुली- मनसुन थप सक्रिय हुन थालेपछि सिन्धुलीका स्थानीय तह विपद् सतर्कता अपनाउन जुटेका छन् । विपद् पूर्वतयारीमा जुट्न स्थानीय तहलाई जिल्ला प्रशासन कार्यालयले अग्रह गरेको छ ।

प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटोछरितो राहत उद्धार र पुनःस्थापनका लागि स्थानीयतह विपद् पूर्वतयारीमा लाग्नुपर्ने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले बताउनुभयो । उहाँका अनुसार सभाव्य विपद्लाई व्यवस्थापन गर्न आवश्यक पर्ने विपद्जन्य सामग्री खरिद गरी आ–आफ्नो पालिकामा मौज्दात राख्न र आवश्यकता अनुसारका सामग्री तीनवटै सुरक्षा निकायलाई उपलब्ध गराइने छ ।

वर्षाका कारण राजमार्ग तथा स्थानीय पालिकालाई जोड्ने सडकमासमेत क्षति हुनसक्ने भएकाले डोजर-जेसिवी लगायतका मेसिनरी र तिनका चालकलाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको प्रजिअ न्यौपानले बताउनुभयो । सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणमा सतर्कता अपनाउने प्रतिबद्धता पालिका प्रमुख तथा प्रतिनिधिहरूले जनाएका छन् ।

पालिकाले विशेष गरी गतवर्ष जोखिम देखिएका वस्ती तथा क्षेत्रहरू र यसवर्ष जोखिम हुनसक्ने सम्भावित क्षेत्र पहिचान गरी थप सजगता अपनाउने भएका हुन् । जिल्लाका नौँ पालिकाले आगामी आवको बजेटमा समेत विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरेका छन् ।

पूर्वसूचना, तत्काल जनशक्ति परिचालन, राहत उद्धार तथा पुनःस्थापनका लागि अन्तरपालिकाबीच हातेमालो गरिनुपर्ने प्रजिअ न्यौपानेले बताउनुभयो । कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोखरेलले विपद् पूर्वतयारीसँगै विपद् प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । तिनपाटन गाउँपालिका पनि विपद् पूर्वतयारीमा जुटेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...