Thursday, June 8, 2023

बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम हरिहरपुरगढी गाउँपालिकामा सुरु

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा बृहत पोषण प्याकेज क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाको अध्यक्षतामा बाट आज ६ दिने तालिम सुरु भएको हो ।


गाउँपालिका भित्रका बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरेर उनीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजेश्वर शाहले जानकारी दिनु भयो ।
असार १७ गतेसम्म संचालन हुने तालिममा गाउँपालिका भित्रका २५ जना स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको छ । तालिमको प्रशिक्षण पोषणविद् निश्चल लामिछानेले गर्नु भएको छ ।


गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईबाको अध्यक्षतामा संचालन भएको तालिममा उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत नविन लामा लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...