Monday, June 5, 2023

तिनपाटन गाउँपालिकाले अनुदानमा कृषकलाई बर्षे फलफुलको बिरुवा बितरण गर्ने

सिन्धुली – सिन्धुलीको तिनपाटन गाउँपालिकाले कृषकलाई बर्षे फलफुलको बिरुवा बितरण गर्ने भएको छ । आर्थिक बर्ष २०७८ र ७९ को बार्षिक गाउँसभाबाट स्वीकृत तेस्रो चौमासिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा कृषकलाई बिभिन्न जातका बर्षे फलफुलको बिरुवा बितरण गर्न लागिएको हो ।

गाउँपालिकाको ११ बटै वडाका कृषकलाई कागती, सुन्तला, जुनार, अलैची, आँप, लिचि, अम्बा, एभोकाडो, अनार र भुई कटहर बितरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
फलफुलको बिरुवा लिन चाहाने ईच्छुक कृषक समुह, सहकारी र कृषकहरुले असार १३ गते भित्र ५० प्रतिशत रकम सहित गाउँपालिकाको कृषि प्राबिधिक र कृषि सेवा केन्द्रमा सम्र्पक गर्न गाउँपालिकाले सबै कृषकलाई अनुरोध गरेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...