Thursday, September 28, 2023

बजेट बनाउँदै स्थानिय सरकार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली– सिन्धुलीको नौ स्थानिय तह बजेट निर्माणमा जुटेका छन् । आर्थिक वर्ष २०७९-८० को वार्षिक बजेटमा समुदायको योजनाहरु समावेश गर्ने प्रयास गरिरहेका छन् । नवनिर्वाचित जनप्रतिनिधि स्थानीय तहको बजेट बाँडफाँडमा सक्रिय भएर लागेका छन् ।

चालु आर्थिक वर्ष ०७८-७९ को बजेट कार्यान्वयनको अन्तिम चरण चलिरहेको समयमा आगामी आर्थिक वर्ष ०७९-८० को लागि बजेट बनाउने काम पनि भइरहेको छ । नेपालको संविधानले असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने अनिवार्य गरेको छ । जसअन्तर्गत स्थानीय तह नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । कमलामाइ नगरपालिकाले शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बनाउँदैछ ।

जिल्लामा रहेका दुधौली नगरपालिका, घ्याङलेख गाउँपालिका, फिक्कल गाउँपालिका, तिनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम र बजेटको तयारी थालेका छन् । शुरुमा नीति, कार्यक्रम ल्याएर बजेट सार्वजनिक गर्ने योजना स्थानीय सरकारले बनाएका छन् ।

प्राथमिकता निर्धारण गरेर आवश्यकताको आधारमा बजेट तर्जुमा गर्नेगरी काम भइरहेको तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर मगरले बताउनुभयो । गाउँपालिका शिक्षा र स्वास्थ्य क्षेत्रमा पछाडि परेको छ । आर्थिक अवस्था कमजोर भएका कारण धेरै बालबालिका विद्यालय जान नसक्ने समस्या छ ।

यस्तो अवस्थामा तिनपाटन गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गर्नेगरी बजेटमा समावेश गर्ने पालिका अध्यक्ष मगरले बताउनुभयो । ‘माध्यमिक तहसम्मको शिक्षा निःशुल्क बनाउने निर्णय कार्यपालिका बैठकबाट पनि गरिएको छ ।

जुन कुरा हाम्रो बजेटमा पनि आउनेछ’– उहाँले भन्नुभयो– ‘आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका पढाइ छोड्ने, विद्यालय भर्ना नहुने लगायत समस्या छन् । यो समस्याको अन्त्य चाहेका छौं । जसका लागि शिक्षालाई निःशुल्क बनाउने योजना अनुसार बजेट आउँछ ।’ आधारभूत स्वास्थ्य उपचारलाई पनि राजपुरले प्राथमिकता दिएको छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट बन्दैछ ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles