Friday, February 3, 2023

बजेट तर्जुमाका सात चरण

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

सिन्धुली – स्थानीय सरकारको बजेट विभिन्न सात चरणका प्रक्रिया पूरा भएपछि मात्र बन्नेछ । साविकका स्थानीय निकाय गाउँ विकास समिति हुँदा करिब १४ चरणका प्रक्रिया पूरा गर्दै बजेट बन्ने गरेकोमा संघीय व्यवस्थामा स्थानीय सरकारको बजेट सात चरणका प्रक्रिया पूरा गर्दै बन्ने व्यवस्था गरिएको छ ।

पहिलो चरणमा बजेटको पूर्वतयारी रहेको छ जसमा आयव्ययको प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण संघीय सरकारमा पेश गर्ने र संघ र प्रदेशबाट बजेटको सीमा प्राप्त गर्ने रहेको छ । यसैगरी चरण २ मा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण, चरण ३ मा बस्तीहरुका योजना छनोट, चरण ४ मा वडातहमा योजना छनोट तथा प्राथमिकीकरण रहेको छ ।

यसैगरी चरण ५ बजेट तथा कार्यक्रम तर्जुमा, चरण ६ गाउँ वा नगर कार्यपालिकाबाट बजेट तथा कार्यक्रम स्वीकृति र चरण ७ गाउँ वा नगरसभाबाट बजेट तथा कार्यक्रम स्वीकृति रहेको छ । सातौं चरणभित्र बजेट तथा कार्यक्रम प्रस्तुति रहेको छ । स्थानीय तहले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४, अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ लगायतका आधारमा बजेट तर्जुमा गर्नुपर्नेछ ।

यसैगरी संघीय र प्रदेश सरकारले जारी गरेका नीति, कानुन तथा मापदण्डहरु, स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरणसम्बन्धी निर्देशिका, २०७४, संघीय, प्रादेशिक र स्थानीय तहको आवधिक विकास योजना, स्थानीय तहको मध्यकालीन खर्च संरचना, उपलब्ध स्रोतसाधन, विकासका अन्तरसम्बन्धित विषयहरु तथा नेपाल सरकारले अन्तर्राष्ट्रिय जगतमा जनाएका प्रतिबद्धताबाट सिर्जित दायित्वहरु र संघ र प्रदेश सरकारले आँकलन गरेका अन्य आर्थिक नीतिहरुलाई बजेट तर्जुमाको आधार बनाउनुपर्ने उल्लेख गरेको छ ।

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles