सिन्धुली – सिन्धुलीमा आज शनिबार देखि कोपोमिस तालिम सुरु भएको छ । कमलामाई नगरपालिकाका सहकारी संस्थाहरुको प्राविधिक क्षमता विकासका लागि कोपोमिस तालिमको आयोजना गरिएको हो ।

आज शनिवार भएको उद्घाटन कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकालले कमलामाई नगरपालिका भित्र सन्चालित ठूला कारोबार गर्ने सहकारीले पनि नियम अनुसार कोपोमिसको प्रयोग नगरेको बताउनु भयो ।
कमलामाई नगरपालिकाले नगर भित्र सन्चालित सहकारीहरुको क्षमता अभिवृद्धि गर्न सम्बन्धीत विषयको विज्ञ प्रशिक्षक बोलाएर तालिम सन्चालन गर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताउनु भयो ।

जिल्ला सहकारी संघ सिन्धुलीका महासचिब नबराज कोईरालाले कोपोमिस सहकारीको लागि अनिर्वाय भएकाले सबैले सिक्न आवश्यक रहेको र ब्यवहारमा पनि लागु गर्न सुझाब दिनुभयो । भोलि आईतबार सम्म सन्चालन हुने कोपोमिस तालिमको सहजिकरण सहकारी विभागका कम्प्युटर ईन्जीनियर अमोद पुडासैनिले गर्नुभएको छ ।
कार्यक्रम कमलामाई नगरपालिका र जिल्ला सहकारी संघ सिन्धुलीको आयोजनामा भएको हो ।