Thursday, June 8, 2023

पत्रकार सम्बद्ध संगठनले कमलामाईका मेयर पोख्रेललाई बुझाए ज्ञापनपत्र

सिन्धुली -कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोख्रेललाई बुधबार पत्रकारहरुको संगठनहरुले ज्ञापनपत्र बुझाएको छ ।

स्थानीय सरकारले संचार क्षेत्रका समस्या समाधान गर्न नया आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेटिनु पर्ने विभिन्न माग राख्दै प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर सिन्धुलीले ज्ञापनपत्र बुझाएका हुन् ।

प्रेस युनियनक सभापति यम चौलागाईं, प्रेस चौतरी सिन्धुलीका अध्यक्ष बिनय दाहाल र प्रेस सेन्टर जिल्ला समन्वय समिति सिन्धुलीका अध्यक्ष नवीन श्रेष्ठले हस्ताक्षर गरेको ज्ञापनपत्रमा जिल्लामा सञ्चालमा रहेको स्थानीय सञ्चार माध्यम पत्रपत्रिकारसामुदायिक रेडियोलाई लोककल्याणकारी विज्ञापनको व्यवस्था गरी समानुपातिक वितरण प्रणलीको व्यवस्था गर्न माग गरेको छ ।

सिन्धुली केन्द्रित विषयबस्तु प्रकाशन प्रसारण गर्ने तथा जिल्लामा केन्द्रिय कार्यालय रहेर सञ्चालन भएको कम्पनी मार्फत सञ्चालित अनलाई सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापनको व्यवस्था गरि हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिना भित्र लोककल्याणकारी विज्ञापनका लागि सम्झौता गर्ने र त्रैमासीक भुक्तानी गर्ने व्यवस्था गर्न माग गरेको छ ।

राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन गर्नुपर्ने विज्ञापनका लागि राष्ट्रिय पत्रपत्रिकाका प्रतिनिधि मार्फत वा स्थानीय विज्ञापन एजेन्सी मार्फत प्रकाशन गर्ने व्यवस्था गरियोस् । जसका लागि आर्थिक वर्ष सुरु भएको एक महिना भित्र सुचिकृत गर्ने व्यवस्था, यस क्षेत्रको विकास निर्माण तथा अन्य गतिविधिलाई सञ्चारमाध्यम मार्फत सार्वजनिक गर्न सक्षम जनसक्ति उत्पादन गर्नका लागि समयानुकुल क्षमता अभिवृद्धि तालिमरअवलोकन भ्रमण सञ्चालन गर्ने व्यवस्था , स्थानीय सरकार र स्थानीय सञ्चार संस्था वीचको साझेदारीमा सार्वजनिक सुनुवाई तथा सर्वजनिक परिक्षण कार्यक्रम त्रैमासिक रुपमा सञ्चालन गर्ने व्यवस्था गर्न माग गरेको छ ।

प्रेस संगठनहरुले योजना अनुगमन लगायत नगरका गतिविधि पार्दशी बनाउन सञ्चारकर्मीको अनिवार्य सहभागिता सुनिश्चित गर्नु पर्ने, नगरपालिकाको सुचनाहरु स्थानीय सञ्चार माध्यममा प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने व्यवस्था गर्नु पर्ने, स्थानीय सञ्चार नीति निर्माण निर्माण गरी प्रभावकारी कार्यान्वन गर्न र नगरपालिकाले बनाएको पत्रकार कल्याण कोष सम्बन्धी नियमावली प्रकाशन र कार्यान्वयमा ल्याउन माग गरेका छन ।

परिवर्तन र समृद्धिको साझेदार सञ्चार माध्यमसँग साझेदारी गरे मात्र शुसासन र समृद्धिको बाटोमा अगाडी वढ्न सकिन्छ” भन्ने कुरालाई मनन् गर्न यस स्थानीय तह सक्षम छ भन्ने हामीले पूर्ण विश्वास गरेको श्रेष्ठले बताउनुभयो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...