Thursday, June 8, 2023

तिनपाटन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई प्लाष्टिक टनेल बितरण गर्ने

सिन्धुली- सिन्धुलीको तिनपाटन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई प्लाष्टिक टनेल बितरण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७८ /७९ को बार्षिक गाउँसभाबाट स्वीकृत तेस्रो चौमासिक कार्यक्रम अन्तर्गत टनेल बितरण गर्न लागेको गाउँपालिकाले मंगलबार एक सुचना निकालेर जानकारी दिएको हो ।

प्लाष्टिक टनेल लिन ईच्छुक कृषक समहु, कुषि फर्म, सहकारीको हकमा टनेल माग गरेको निर्णय, निवेदन, दर्ता प्रमाण पत्र, प्यान नम्बर र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि, कृषकहरुको हकमा टनेल माग गरेको निवेदन, नागरिकता, लालपुर्जाको फोटोकपी, वडाको सिफारिस र ५० प्रतिशत बराबरको रकम जम्मा गरि असार ८ गते सम्म कृषि प्राबिधिक, कृषि सेवा केन्द्र तथा वडामा सम्पर्क गर्न गाउँपालिकाले सबै कृषकलाई सुचना मार्फत अनुरोध गरेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...