Thursday, September 28, 2023

सिन्धुलीका नौ स्थानिय तह बजेट निर्माणमा जुट्न थाले

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

जनकपुरधाम - पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश सरकारले बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

सुनकोशी ९ मा नमुना विद्युतिकरणको सार्वजनिक सुनुवाई

ओखलढुंगा - ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ मा उज्यालो वडा अभियानको विद्युतिकरणबारे सार्वजनिक सुनुवाई गरिएको छ । सुनकोशी गाउँपालिका–९ का संस्थापक वडाअध्यक्ष झनक कुमार...

सिन्धुली–सिन्धुलीका नौ स्थानिय तह बजेट निर्माणमा जुटन थालेका छन् । नवनिवार्चित जनप्रतिनिधि आगामि आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि सुझाब संकलनमा ब्यस्त देखिएका छन् । मरिण गाउँपालिकाकाले बजेट निर्माणका लागि सरोकारवालाहरुको सुझाव संकलन गरेको छ ।

गाउँपालिकाले एक औपचारिक कार्यक्रम गरिे आगामि आर्थिक वर्ष २०७९/८० को बजेटका लागि सुझाब संकलन गरेको हो । गाउँपालिका भित्र देखिएका समस्या साथै बजेटले समेट्न सक्ने विषय बस्तुको बारेमा छलफल भएको थियो । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम कुमार दर्जीले कार्यक्रममा दिएका सल्लाह सुझावलाई गाउँपालिकाले सकरात्मक रुपमा लिएर वार्षिक नीति तथा बजेटमा समावेश गदैँ अगाडी बढ्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

वार्षिक तथा नीति कार्यक्रम संविधान, स्थानीय सरकार संचालन ऐन, प्रचलित कानुनको अधिनमा रहेर वार्षिक नीति तथा कार्यक्रम बन्ने दर्जीले बताउनुभयो । गाउँमै उद्यम गर्न चाहाने व्यक्तिलाई गाउँपालिकाले बैंक सहकारीसँग सहकार्य गरी सहुलियत दरमा कर्जा उपलब्ध गराउनु पर्ने सहभागिहरुले बताएका थिए । कार्यक्रममा गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न राजनितिक दलका जनप्रतिनिधि लगायत निवर्तमान वडा अध्यक्ष, कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो ।

यस्तै कमलामाई नगरपालिकाले टोल बस्तिमा पुगेर बजेट निर्माणका लागि सुझाव संकलन गरिरहेको छ । स्थानिय स्तरका नागरिकसँग अन्तक्रिया कार्यक्रमको आयोजना गरि नगरले सुझाव संकलन गरेको हो । नगरपालिकाको १४ वटै वडामा पुगि स्थानियको समस्या साथै बजेट निर्माणका लागि सुझाव संकलन गरेको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले बताउनुभयो । उहाँका अनुसार हाल नगरका सबै वडामा सुझाव संकलनका काम भइरहेको छ ।
जिल्लाको हरिहरपुरगढी गाउँपालिकाले पनि बजेट निर्माणका लागि सरोकारवालाहरुसँग सुझाव लिएको छ । एक औचारिक कार्यक्रमको आयोजना गरि गाउँपालिकाकाले बजेट निर्माणका लागि सरोकारवालासँग सुझाव लिएको हो । उक्त कार्यक्रमबाट आएको सुझाव अनुसार बजेट निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

घ्याङलेख गाउँपालिकाले पनि बजेट निर्माणका लागि सुझाव संकलन गरिरहेको गाउँपालिकाका अध्यक्ष जगत बहादुर भोलनले बताउनुभयो । स्थानिय साथै सरोकारवाला निकायसँग बजेत निर्माणका लागि सुझाव लिरहेको उहाँले बताउनुभयो । तिनपाटन गाउँपालिकाले स्थानिय स्तरका समस्या संकलन गरिरहेको छ । आगामि आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि स्थानिय स्तरका समस्याहरु संकलन भइरहेको गाउँपालिकाले जनाएको छ ।

विभिन्न वडा साथै टोलमा औपचारिक कार्यक्रमको आयोजना गरि गाउँपालिकाले सुझाव संकलन गरिरहेको छ । गोलन्जोर गाउँपालिकाले बजेट निर्माणका लागि स्थानियहरुसँग छलफल गरिरहेको छ । वडा,टोल तथा बस्तिमा पुगेर गाउँपालिकाले सुझाव संकलनको काम गरिरहेको छ । जिल्लाको दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र फिक्कल गाउँपालिकाले पनि बजेट निर्माणका लागि सुझाव संकलन गरिरहेको जनाएको छ ।

Hot Topics

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं— हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।  जसको प्रभावले हाल...

एमालेको प्रदेश अधिवेशन : बाग्मतीमा आज मतदान, कर्णालीमा बन्द सत्र शुरु हुँदै

काठमाण्डाै - नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बाग्मतीमा मतदान हुँदैछ । त्यस्तै कर्णालीमा बन्दसत्र शुरु हुँदैछ । बाग्मती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका...

विनोद चौधरीको ‘सीजी कर्प ग्लेबल’मा भारतीय आयकरको छापा, राजस्व छलीको आशङ्का

काठमाडौं— भारतीय आयकर विभागले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको ‘सीजी कर्प ग्लोबल’को जयपुर कार्यालयमा छापा हानेको छ । 

Related Articles