Thursday, June 8, 2023

मरिणमा लैंगिक विभेद हुन नदिनका लागी के गर्न सकिन्छ भन्ने विषयमा कार्यशाला गोष्ठी

सिन्धुली- स्थानीय तहमा लैंगिक समानता र सामाजिक समावेशिकरण रणनीति निर्माण सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी मरिण गाउँपालिकामा सम्पन्न भएको छ । प्रदेश सुशासन केन्द्र बागमती प्रदेश जाउलाखेल ललितपुरको सहयोग र गाउँपालिकाको आयोजनामा भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

गोष्ठिमा लैंगिक विभेद हुन नदिनका लागी के गर्न सकिन्छ, बिभिन्न जातजाती, क्षेत्र, वर्ग, समुदाय, बालबालिका तथा जेष्ठ नागरिकहरुलाई लैंगिक समानता र सामाजिक समावेशिकरण नीतिले राज्यको मुल धारमा ल्याउँन कस्ता कदम चाल्नु पर्छ भनेर छलफल भएको थियो ।

लैंगिक समानता र सामाजिक समावेशिकरण सम्बन्धी नीति यहि आर्थिक बर्षमा बन्ने प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले बताउँनु भयो ।

कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विमला माझीको अध्यक्षता, अध्यक्ष विमर्स मुक्तानको बिशिष्ट आतिथ्यता भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायत गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...