Sunday, September 25, 2022

सिन्धुलीका ग्रामीण सडकमा वर्षा लागेसँगै यात्रा गर्न सास्ती

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

सिन्धुलीको चपौलीमा रक्तदान कार्यक्रमको आयोजना

सिन्धुली - सिन्धुलीको कमलामाई ३ चपौलीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिन्धुलीमा ३ जना खसी चोर पक्राउ

सिन्धुली- सिन्धुलीमा प्रहरीले ३ जना खसी चोरलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुली र सामुदायिक प्रहरी सेवा केन्द्र सिन्धुलीबाट...

सिन्धुली- हिउँदभर गाडी चल्ने सिन्धुलीका ग्रामीण सडक वर्षा लागेपछि सुनसानजस्तै हुन्छन्। जिल्लाका ग्रामीण भेगलाई सदरमुकामसँग जोड्ने सडकमा मानिस आवातजावत गर्न समेत समस्या हुने गरेको स्थानिले गुनासो गरेका छन् ।

“नालासमेत नभएका अधिकांश कच्ची सडक हिउँदभर मर्मत हुन्छन् । गाडी चल्छन् पनि , जब वर्षायाम लाग्छ, कच्ची ग्रामीण सडक हिलाम्मे र खाल्डाखुल्डीमय हुन्छन् अनि गाडी नै चल्न नसक्ने बन्छन्।” कमलामाई नगरपालिका ४ की शान्ता कार्किले भन्नुभयो ।

अधिकांश ग्रामीण सडक गाडी गुड्न नसक्ने हुन थालेको चालक बताउँछन् । कच्ची सडक मर्मत नगरेसम्म सार्वजनिक यातायातको सेवा नियमित सञ्चालन नहुने यातायात व्यवसायीको भनाइ छ। कमलामाई नगरपालिका–४ ज्यामिरेका किसानले व्यवसायी तरकारी खेतिबाट आयर्आजन गर्दछन् ।

गाउँमा सडक पुगेपछि खुलेको तरकारी विक्रि गर्न सहज हुने भन्दै खुसि भएका किसानलाई अहिले सडककै कारण सास्ती छ। ‘झरीले सडक भत्किन्छ, गाडी नचल्दा तरकारी पठाउँन पाइँदैन,’ एक किसानले भन्नुभयो,

निर्माणधीन चकमके सडक खण्ड यति बेला हिलामै बनेको छ । सडकमा सवारी साधन आवतजावत गर्न समेत समस्य हुनेगरेको चालकले गुनासो गरेका छन् । “बाटो धेरै चिप्लो भएको छ । कहाँ कुन बेला गाडि फस्ने हो थाहै हुन्न, यस्तो बाटोमा गाडि चलाउन धेरै जोखिम छ ।” एक चालकले भने । उक्त सडक खण्डमा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको स्थानियले गुनासो गरेका छन् । “गाडि नचडौँ भने यति लामोबाटो हिड्न सकिन्न, गाडि चड्दा कुनबेला कहाँ के हुने थाहै हुनन् ।

यस्तै चिप्लो बाटोमा जोखिम मोलेरै यात्रा गर्न बाध्य छौँ ।” सिन्धुलीबाट चकमके जार्दै गर्नुभएको लिला पहाडिले भन्नुभयो । जिल्लाभर यस्ता समस्या प्रत्येक गाउँ-नगरमा छन । विषेशगरि ग्रामिण सडक खण्डका सर्वसाधारण बर्सेनि यस्तै खालको समस्या झेलिरहेका छन्। हिउँदका ६ महिना सहज चल्ने सडक वर्षा लागेदेखि अवरुद्ध हुन्छन्।

सदरमुकाम कमलामाई नगरपालिकाका अधिकांश वडावासीले समेत सडकको समस्या भोग्दैआएका छन्। कमलामाई नगरपालिकाको ११, १२, १३, र १४ वडावासी सडकको सुविधाबाट वञ्चित छन्। जिल्लाका गाउँगाउँमा पछिल्लो केही समययता सडक पु-याउने होडबाजी चलेको छ। विगतमा नेताहरुले जनतासँग सडक पु-याउने वाचा गरेअनुसार यहाँका गाउँमा सडक पु-याउने होडबाजी चलेको स्थानीयवासी बताउँछन्।

Hot Topics

आज सिन्धुलीमा स्कुल दुध दिवस मनाईयो

सिन्धुली - नेपाल डेरी एसोसिएसनले आजबाट ७ औं विश्व स्कुल दुध दिवस मनाउन शुरु सुरु गर्‍यो । ७ गते औपचारिक रुपमा...

सिन्धुलीको भिमानमा सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने

सिन्धुली - विजया दशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९को अवसर पारेर सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने...

कमलामाई नगरपालिकामा निशुल्क रेबिज खोप कार्यक्रम संचालन

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले १६ औ विश्व रेबिज दिवसको अबसरमा निशुल्क रेबिज खोप कार्यक्रम संचालन गरिरहेको छ । हिजो बिहिबार...

Related Articles