Monday, June 5, 2023

लघु उद्यमीहरुका लागी वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली – सिन्धुलीको कमलामाई नगपालिकामा लघु उद्यमीहरुका लागी लघु कर्जामा पहुच गराउँन वित्तीय साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८ र ७९ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत भएको कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले हामीले नगरका लघु उधमीहरुका लागि सक्दो प्रभावकारी कार्यक्रहरु तर्जुमा गरी उत्पादन तथा स्वरोजगारमा जोड्ने हाम्रो लक्ष्य रहेको बताउँनु भयो ।

उपप्रमुख मन्जु देवकोटाले नगरभित्र रहेका बेरोजगार महिला र युवाहरुलाई बैदेशिक रोजगारमा जानबाट रोकेर नगरपालिकामा नै रोजगारको अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै, उपप्रमुख देवकोटाले ज्ञान र सिप सिकेका युवा तथा महिलाहरुलाई उत्पादनमा लाग्नका लागि बिना व्याज, बिना धितो सहुलियत कर्जाका लागी बित्तिय बैङ्क संग पनि समन्वयन र सहकार्य गरेर बेरोजगारीको समस्या हटाउँने बताउँनु भयो ।

कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षता, उपप्रमुख मन्जु देवकोटाको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाल, उद्योग तथा व्यवसाय प्रवर्द्धन विकास शाखाका शाखा प्रमुख, कर्मचारीहरु लगायत वडा नं ४, ७ र ८ का ७० जना लघु उद्यमीहरूको सहभागीता रहेको थियो ।

गरिबी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत भएको कार्यक्रमको सहजीकरण उद्योग तथा व्यवसाय प्रवर्ध्दन शाखाका कर्मचारी रिता परियार कार्कीले गर्नु भएको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...