Friday, February 3, 2023

आज पनि धेरै ठाउँमा पानी पर्ने, पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

सिन्धुलीमा परालको गुन्द्री लोप हुँदै

सिन्धुली - पछिल्लो समय रेडिमेट सामग्रीको प्रयोग बढेसँगै सिन्धुलीमा हातले बनाइने तथा बुन्ने परम्परा हराउँदै जान थालेको छ । बजारमा सजिलै...

कमला नदिमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना

सिन्धुली - कमलामा नदिनमा माछा मार्न विष हाले साढे सात हजार जरिवाना साथै कानुन अनुसार कारबाहि गर्ने दुधौली नगरपालिका वडा नम्बर...

काठमाण्डाै – आज पनि देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।

केही ठाउँमा रातिदेखि नै परेको पानी रोकिएको छैन । अहिले पानी पर्न रोकिएका काठमाण्डौ लगायतका ठाउँमा दिउँसो फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद् निराजन सापकोटाले बताउनुभयो। उहाँका अनुसार पछिल्लो समय प्रदेश १, वाग्मती, गण्डकी र मधेस प्रदेशका धेरै ठाउँमा लगातारजसो पानी परिरहेको छ । अन्य प्रदेशमा भने केही ठाउँमा मात्र वर्षा भएको छ ।

मौसमविद्का अनुसार लगातारजसो पानी परेकाले पूर्वी क्षेत्रमा बाढी पहिरोको जोखिम रहेको छ । यसअघि परेको पानीले जमिन गलिसकेको र जमिनले सोस्नु पर्ने जति पानी सोसिसकेकाले अबको वर्षाले बाढी पहिरोको जोखिम बढाउने मौसमविद् सापकोटाले बताउनुभयो ।

भिरालो जमिन र नदी, खोला आसपासमा बसोबास गर्नेहरुलाई सावधानी अपनाउन मौसमविद्को आग्रह छ । नेपालमा सामान्यतया जुन १३ तारिखमा मनसुन भित्रिने भनिए पनि गएको ५ तारिखमा नै भित्रिएको छ । अहिले प्रदेश-१ मा मनसुनी गतिविधि सक्रिय छ । अन्य प्रदेशमा भने मनसुन सक्रिय भइसकेको छैन । नेपालको पूर्वी क्षेत्रमा मनसुनी वायुको सामान्य प्रभाव परेको छ ।

मध्य तथा पश्चिमी क्षेत्रमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व पश्चिमी न्यून चापीय रेखाको प्रभाव परेको छ । 

Hot Topics

सन्दीपविरुद्धको निवेदनको सुनवाइ आज

काठमाण्डाै – बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनवाइ आज शुक्रवार हुने भएको छ । 

सुनको भाउ आज १४ सय रुपैयाँले घट्यो

काठमाण्डाै – हिजो बिहीवार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ आज शुक्रवार भने तोलामा १४ सय रुपैयाँले घटेको छ ।

हिउँदे वर्षा नहुदा किसान चिन्तामा

सिन्धुली - कमलामाई नगरपालिका ४ का सन्तोष ढकालले गत वर्ष पुष अन्तिम मै खेतमा गहुँ छरि सक्नुभएको थियो । समयमा गहुँ...

Related Articles