Thursday, June 8, 2023

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने, अटेर गरे कारबाही हुने

काठमाण्डाै – सरकारले आउँदाे असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले सूचना निकालेर आउँदो असार १ गतेदेखि कुनै पनि सडक खन्न अनुमति नदिने जनाएको हो ।

वर्षायाममा धारा, ढल, बिजुली तथा टेलिफोन जस्ता प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक नखन्न सडक विभागले निकालेको सूचनामा भनिएको छ ।

कसैले अटेर गर्दै जबरजस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ । 

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...