Monday, June 5, 2023

सिन्धुली उद्योग बाणिज्य संघको ५४ औ स्थापना दिवसको अवसरमा वृक्षारोपण

सिन्धुली- सिन्धुली उद्योग बाणिज्य संघले ५४ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । संघल दिवसको अवसरमा आज वृक्षारोपण गरेको छ । कमलामाई नगरपालिका ४ नुनथालामा रहेको सिन्धुली सामुदायिक टेक्निकल ईन्स्टीच्युटको परिसरमा वृक्षारोपण गरेको हो ।


कपुर, कल्की, रुद्राक्ष, इमिली, अमला, जामुनो, लप्सी लगायत अन्य बिभिन्न जातका २५ वटा सजावतका विरुवाहरु रोपिएको सिन्धुली उद्योग बाणिज्य संघले जनाएको छ ।
यस्तै, दिवसको अबसरमा संघले कमलामाई नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरेको छ । आज एक कार्यक्रमका बिच नगरपालिकामा निर्वाचित मेयर, उपमेयर वडा अध्यक्ष, कार्यपालिका सदस्यहरुलाई स्वागत गरेको हो ।


संघले स्थापना दिवसको अबसरमा रक्तदान, सिन्धुली अस्पतालमा रहेका बिरामीलाई फलफूल बितरण, मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...