Thursday, June 8, 2023

हरिहरपुरगढीमा कृषकहरुको लागी अभिमुखिकरण कार्यक्रम संचालन

सिन्धुली -सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले दुध तथा तरकारी उत्पादन गर्ने कृषकहरुको लागी नवप्रर्वधन साझेदारी कोष सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम संचालन गरेको छ । गाउँपालिकाका अध्यक्ष वर्ज ध्वज वाईवाको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो ।


नवप्रर्वधन साझेदारी कोष कार्यक्रम अन्तर्गत गाउँपालिकाले आधुनिक तरकारी खेती गर्ने १०० जना र दुध उत्पादन गर्ने १०० जना कृषकलाई तालिम, तरकारी खेतीको लागी अनुदान, टनेल, विउँ, बेर्ना बितरण, उत्पादित तरकारीलाई बजार सम्म पु¥याउँन गाडीको व्यवस्था गर्ने कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन गङतान लामाले जानकारी दिनु भयो ।


साथै, गाई पाल्ने किसानका लागी डेरी सम्बन्धि तालिम, दुध ढुवानीका लागी गाडी र घाँसका बिरुवा बितरण गर्ने कार्यक्रम रहेको छ । यो कार्यक्रमका लागी बाग्मती प्रदेश सरकारको १ करोड ४८ लाख र गाउँपालिकाको ६३ लाख लागत रहेको छ ।


आज भएको एक दिने अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाले कृषकलाई नवप्रर्वधन साझेदारी कोष भनेको के हो, यसबाट के कस्ता कार्य हुन्छन् र तरकारी खेती सम्बन्धि जानकारी गराईएको प्रमुख प्रशासकीय अधिकृत लामाले बताउँनु भयो ।


कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष चेख वहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत नविन गङतान लामा, लागायत गाउँपालिकाका कृषकहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...