Monday, June 5, 2023

सप्तरीमा चाँदीका गहनासहित एक भारतीय नागरिक पक्राउ

सप्तरी – चार किलो चाँदीका गहनासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारत बिहारको मधुवनी जिल्ला खुटौनाग्राम पञ्चायत–११ का २२ वर्षीय वशिष्ट चौधरीलाई सप्तरीको बोदे बर्साइन नगरपालिका–९ इँटाभट्टाबाट पक्राउ गरेकाे हाे । 

सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले गस्ती टोलीले जाँच गर्दा चौधरीको साथबाट गहना बरामद गरेकाे जानकारी दिनुभयाे । 

चौधरीले कम्मरमा बाँधी लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा चाँदीका गहना बरामद गरिएको हो । बरामद गरिएको गहनाको बजार मूल्य ४ लाख ३८ हजार ९ सय रुपैयाँ रहेको बताइएको छ । चौधरीलाई राजविराज भन्सार कार्यालय तिलाठीमा बुझाइएको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...