Monday, May 29, 2023

मिथिलाञ्चलमा हर्षोल्लासका साथ मनाइयो वटसावित्री पर्व

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

धनुषा – विवाहित हिन्दु मैथिल नारीले जनकपुरमा हर्षोल्लासका साथ (वटसावित्री) पर्व मनाएका छन् । श्रीमानको आयु र आफनो अटल सौभाग्यको कामना गर्दै महिलाहरुले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ ।

सत्य युगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष (वरको रुख) फेदमा व्रतालु मिथिलानीले सामूहिकरुपमा सावित्रीलाई सम्झँदै ब्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् । व्रतालुले  जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।

जनकपुरको राम मन्दिर सहितको विभिन्न स्थानहरुमा बिहानैदेखि पूजा गर्न महिलाहरुको भीड लागेको छ । महिलाहरुले व्रत बसेर पूजा गरी कथा सुनेर वरको वृक्षमा सूतीको धागो बाँध्ने गर्छन् । वरको बोटमा सूतीको धागो बाँध्नाले पतिको आयु बढ्ने जनविश्वास छ । विवाह भएको महिलाले पहिलो वर्ष विभिन्न विधि अनुसारले मनाउने गरेपछि नवविवाहिता महिलाले पहिलो वरसाइत (विवाहपछि आउने पहिलो पर्व) अनिवार्य रुपमा श्रीमानकै घरमा मनाउनु पर्छ ।

अघिल्लो दिन नहायखाय (स्नान गरी सात्विक भोजन) गरेपछि सोह्र श्रृंगार अर्थात् लगाउने लुगादेखि चुरासम्मका सबै श्रृंगार र पहिरनका सामग्री माइतबाटै पठाइन्छ । बिहानै नुहाइ रातो पहिरनमा नजिकको वर (वट) को रुखमुनि बसेर पानीमा भिजाएर उमारिएको चना, मुंग र चामल, काँक्रो, केरा, स्याउ, अंगुर, आँप, लिचि र नरिवल प्रसादको रुपमा वरको जरामा चढाएर सिन्दुरले रङ्गाउँछन् । प्रसाद चढाइसकेपछि व्रतालुले वरको रुखमा सात फेरो पहेँलो र रातो धागोले बेर्दछन् । पतिव्रता सावित्रीले यही पर्व गरेर मृत पति सत्यवानलाई यमराजबाट फिर्ता गरेको धार्मिक मान्यता छ ।

Hot Topics

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

Related Articles