Monday, December 4, 2023

तारा एअर  दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

मोटरसाइकल ठोक्किँदा उछिट्टिएर खसेका व्यक्तिलाई बसले किच्यो

काठमाडौं— सर्लाहीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा उछिट्टिएर खसेका एकजनाको बसले किच्दा मृत्यु भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको सनाखत हुन सकेको छैन...

काठमाण्डौमा आज यो वर्षको अहिलेसम्मकै चिसो

काठमाण्डौ – काठमाण्डौमा आज यसवर्षको अहिलेसम्मकै चिसो भएको छ । आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ...

म्याग्दी – मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर ज्यान गएको छ ।

विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार १० जनाको शव सोमबार नै काठमाण्डौ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ । दुर्घटनास्थलबाट ब्ल्याकबक्ससमेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताउनुभयो ।

कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ पठाउने तयारी गरिएको छ । तारा एअरको जहाज  हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

भौगोलिकरूपमा विकट, कुहिरो लाग्ने, पानी र हिउँ परिरहने भएकाले चार हजार दुई सय मिटर उचाइको भिरमा छरिएर रहेका शव र यात्रुका सामान सङ्कलन गरेर कोवाङमा ल्याउन ढिलाइ भएको हो । थासाङ गाउँपालिकाको केन्द्र कोवाङबाट घटनास्थल पुग्न चार घण्टा उकालो हिँड्नुपर्छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए  । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गर्नुभएको थियो ।

उहाँले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाइदिनुभएको थियो ।

Hot Topics

लहानमा साइकलस्टोरमा आगलागी

सिरहाको लहानको एक साइकल स्टोरमा आगलागी हुँदा लाखौँ रुपैयाँको धनमाल जलेर नष्ट भएको छ।  लहान गरपालिका–३ स्थित नेपाल साइकल...

सयौको फसेको तलब भत्ता उठाउने अपरेटर सँघको अध्यक्षनै ब्यबसायिको शोषणमा

सिन्धुली- बिगत७ बर्ष अगाडिदेखि कार्यरत स्यार्सेकालिका निर्माण सेवा प्रालि का सन्चालक बिदुर बर्तौलाले आफ्नो कम्पनिमा कार्यरत सम्पुर्ण अपरेटरहरुलाई सोसण गर्दै आएको अपरेटरहरुले...

मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गयो

मकवानपुर – मकवानपुरमा बसको ठक्करबाट एक जना वृद्धाको ज्यान गएको छ । आफैँ चढेको बसले किच्दा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ कुवाकी ७०...

Related Articles