Thursday, June 8, 2023

एउटा इन्जिन भएको हेलिकप्टरमा पनि २ जना पाइलट अनिवार्य गर्ने तयारी

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । यसका लागि प्रस्ताव तयार पारेर सात दिन भित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको प्राधिकरणले जनाएको छ ।

अहिले नेपालमा दुई वटा इन्जिन भएका हेलिकप्टर र हवाईजहाजमा मात्रै दुई जना पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ । पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई ख्याल गरेर दुई जना पाइलटको व्यवस्था गर्न लागेको पनि प्राधिकरणले जनाएको छ ।

तर हेलिकप्टर व्यवसायीहरूले भने नेपालमा हेलिकप्टर पाइलट उपलब्ध गराउन कठिन हुने भएकोले यस्तो व्यवस्था कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने बताएका छन् । 

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...