Monday, June 5, 2023

गोलन्जोर गाउँपालिकाको दोस्रो कार्यपालिका बैठक सम्पन्न

सोमबार गोलन्जोर गाउँपालिकाको दोस्रो कार्यपालिका बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष शंकरराज बरालको अध्यक्षतामा बसेको बैठक सोमबार सम्पन्न भएको हो ।

सोमबार बसेको बैठकले ८ वटा निर्णय गरेको छ । जसअन्तर्ग सामाजिक सुरक्षा भत्ता सहितको घुम्ती शिविर ७ वटे वडामा प्रत्येक ३ महिनामा संचालन गर्ने, विगतमा संचालन भएका योजनाहरुको प्रभावकारी रुपमा अनुगमन, मुल्याङ्कन र निरिक्षण गर्ने, नवनिर्वाचीत बडा समिति र अनुगमन समितिको सिफारिसमा मात्र भुक्तानी दिने र आगामी आर्थिक वर्षको बजेट निर्माण कार्यलाई अगाडी बढाउने निर्णय गरिएको छ ।

साथै, गाँउपालिकाको भवन निर्माणको अघिल्लो टेन्डरको प्रक्रियामा त्रुटी रहेको र सो टेन्डर रद्ध गरी पुन टेन्डर आव्हान गर्ने, आगामी आर्थिक वर्षको साउन १ गतेबाट उपयुक्त अन्य व्यवस्था भएमा गाउँपालिकाको कार्यालयलाई नया भवनमा स्थानान्तरण गर्ने र भाँडाको घर छोड्ने, एक सहकारी डेस्क गठन गर्ने र त्यसका लागि आवश्यक जनशक्ती र श्रोतसाधनको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।

यस्तै, गाँउपालिका स्तरीय गठन भएका खेलकुद समिति खारेज गर्ने, शिक्षा शाखामा थप जनशक्ती आवश्यक रहेकाले त्यसका लागि २ जना शिक्षकलाई काजमा ल्याउने, रिक्त शिक्षकको स्थानमा अर्को शिक्षक नियुक्त गर्न अनुदान प्रदान गर्ने निर्णय गरिएको छ ।

बैठकमा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत माधब कुमार अधिकारी लगायत गाउँपालिकाका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...