Thursday, February 2, 2023

ल्यापटप बनाउँदा मोडलको ‘अश्लिल भिडियो’ चोरी, डिलिट गर्न ७ करोड बार्गेनिङ

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

हरिहरपुरगढीमा वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण

सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले वडा कार्यालबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । विहिबार गाउँपालिकाले वडा नम्बर १ को कार्यालयबाट...

सिद्धेश्वर खानेपानीका उम्मेदवार उपभोक्ताको घरमा भोट माग्दै

सिन्धुली- सिद्धेश्वर खानेपानी निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार भोट माग्न उपभोक्ताको घर धाउन थालेका छन् । आफ्नो पक्षमा जित हात पार्नका लागि...

बिग्रिएको ल्यापटप बनाउन जाँदा त्यहाँ भेटिएको अश्लिल भिडियो चोरी गरेर एउटा गिरोहले ७ करोड बार्गेनिङ गरेको छ । बार्गेनिङ गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफुलाई पत्रकार बताउने देखि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तासहित ७ जनालाई पक्राउ गरेको छ ।

एकजना मोडल ल्यापटप बनाउन श्रवण कार्की र सुरज शर्माको पसलमा गइन् । काठमाडौं सिनामंगलका श्रवण कार्की ल्यापटप मर्मतको काम गर्छन् । चितवनको भरतपुर–११ घर भएका ३२ वर्षीय सुरज शर्मा इन्स्योरेन्समा काम गर्छन् । उनको ल्यापटप मर्मत गर्ने पसल पनि छ । मोडलले बनाउन छोडेको ल्यापटप मर्मत गर्ने क्रममा अश्लिल भिडियो भेटियो । श्रवण र सुरजले सो भिडियो आफ्नो डिभाइसमा कपी गरे ।

ती महिलासँग पैसाको बार्गेनिङ गर्ने योजना बनाएर उनीहरुले काभ्रेको तेमाल गाउँपालिका–३ घर भएका उमेश भण्डारीसँग सम्पर्क गरे । उमेश भण्डारी एडभर्टाइजिङ एजेन्सी सञ्चालक हुन् । उमेशले त्यसबारे गुल्मी घर भएकी बर्षा खनाल उर्फ वसन्तालाई बताए । प्रहरी स्रोतका अनुसार वसन्ता करिब ६ महिना अघिसम्म एउटा अनलाइन टेलिभिजनको प्रोडक्सन मेनेजर थिइन् ।

७ जनाको बीचमा छलफल भएपछि सो भिडियो मेटाउन उनीहरु ७ करोड माग्ने निष्कर्षमा पुगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । कोइरालाले भने– ‘पैसा लिन आएको बेलामा हामीले पक्राउ गरेका हौं ।’

पक्राउ पर्नेमा बझाङ घर भएका धर्मराज थापा र उदयपुरको त्रियुगा–१० घर भएका २१ वर्षीय सुजन आचार्य पनि छन् । धर्मराज पत्रकारितामा आवद्ध छन् । सुजन आचार्य पनि आफुलाई पत्रकार दावी गर्छन्  । उनीहरुले ७ करोड नदिए भिडियो ‘भाइरल’ बनाउने धम्की दिएका थिए । पीडित महिला केही रकम दिन राजी भएकी थिइन् । तर, प्रतिव्यक्ति १ करोड मागे पनि उनी प्रहरीकहाँ पुगिन् ।

बार्गेनिङ गरेको आरोपमा पक्राउ पर्नेमा कालिकोटका टेक विक पनि छन् । यसअघि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा बम राखेको मुद्दामा पक्राउ परेका विक नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट छन् । आरोपीहरुले धम्की दिएर पैसा मागेको एसपी कोइरालाले बताए ।

आफुलाई पत्रकार दावी गर्दै आएका सुजन आचार्य दुई वर्षअघि प्रहरीसँग मिलेर मकवानपुरमा हिरा लुटेको आरोपमा पक्राउ परेका थिए । महिलासँग आचार्यले नै बार्गेनिङ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरु बिहीबार रकम लिन गएको अवस्थामा काठमाडौंको ३२ पुतलीस्थित होटल द्वारिकाबाट पक्राउ परेका हुन् । आरोपीहरु विरुद्ध प्रहरीले आपराधिक लाभ बिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

रातो पाटि अनलाईनबाट साभार

Hot Topics

गरिब दिन दुखिको सुख दुखको साथि बन्दै रोटर याक्ट क्लब अफ सिन्धुलीगढि

सिन्धुली - रोटर याक्ट क्लब अफ सिन्धुलीगढिले आज जनता हाट बजारमा निशुल्क कपडा वितरण गरेको छ । सिन्धुलीमाढिका करिब एक सय...

सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि

सिन्धुली - सिन्धुलीमा पशुमा खोरेत रोग पुष्टि भएको छ । जिल्लाको फिक्कल गाउँपालिका भित्रको पशुमा देखा परेको रोगको कृषि तथा पशुपन्छी...

सिन्धुुलीमा हराएको ६ वटा मोटसाइकल सहित सात जना पक्राउ

सिन्धुली - सिन्धुलीमा प्रहरीले हराएको ६ वटा मोटसाइकल सहित सात जनालाई पक्राउ गरेको छ । फरक फरक स्थानबाट हराएको ६ वटा...

Related Articles