Monday, June 5, 2023

पाँचवटा महानगरपालिकामा मेयर गुमाएको एमालेलाई उपमेयरमा भने राहत

काठमाण्डाै – मत परिणाम सार्वजनिक भएको पाँचवटा महानगरपालिकामा मेयर पद गुमाएको एमालेलाई उपमेयरमा भने राहत मिलेको छ । एमालेले ३ वटा महानगरमा उपमेयर जितेको छ भने काठमाण्डौमा फराकिलो अन्तरले अगाडि छ ।

ललितपुरको उपमेयरमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई हराउँदै एमालेकी मञ्जली शाक्य बज्राचार्य विजयी हुनुभयो । यस्तै, विराटनगरको उपमेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टी जसपाका उम्मेदवार अमरेन्द्र यादवलाई पछाडि पार्दै एमालेकी शिल्पा कार्की निर्वाचित हुनुभयो ।

यस्तै, पोखराको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पराजित गर्नुभएको हो । वीरगञ्ज र भरतपुरमा भने उपमेयरमा गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । भरतपुरमा कांग्रेसका चित्रसेन अधिकारी र वीरगञ्जमा कांग्रेसकै इम्तियाज आलम निर्वाचित हुनु भएको हो  । यस्तै, काठमाण्डौ महानगरपालिकामा सुरुवातदेखि नै एमालेकै उम्मेदवार सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ । 
 

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...