Monday, June 5, 2023

दुधौली नगरपालिकाको मेयरमा माओवादी केन्द्रका दिनेश अधिकारी बिजयी

सिन्धुलीको दुधौली नगरपालिकामा गठबन्धनबाट मेयरमा माओवादी केन्द्रका दिनेश अधिकारी बिजयी हुनु भएको छ । अधिकारीले १५ हजार ८ सय ३८ मत ल्याई बिजयी हुन भएकौ हो ।

अधिकारीले १५ हजार ८ सय ३८ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मण कार्कीले १० हजार ६ सय ५२ मत प्राप्त गर्नु भएकौ थियौ ।

यस्तै, उपमेयरमा गठबन्धनबाटै नेपाली कांग्रेसका चन्द्रकिशोर थारुले १४ हजार २ सय १३ मत प्राप्त गरि बिजयी हुन भएको छ । उपमेयरमा थारुले १४ हजार २ सय १३ मत प्राप्त गर्दा एमालेकी उपमैयर पदकी उम्मेदवार बालकुमारी अधिकारी दनुवारले १० हजार ६ सय ११ मत प्राप्त गर्नु भएकौ थियो ।

दुधौली नगरपालिकामा जम्मा १४ वटा वडा रहेको छ । जहाँ ७ वटा वडामा कांंग्रेसले जित हात पारेको छ । वडा नम्बर १ मा जय बहादुर पौडेल, वडा नम्बर ३ मा भद्रा माझी, ४ मा रित बहादुर बिश्वकर्मा, ५ मा यदु प्रसाद काफ्ले, ६ कमान सिं आलै मगर, ७ मा राजन दहाल र ८ मा केशब बराल रहेका छन् ।

नगरपालिकाको ४ वटा वडामा नेकपा एमालेले बिजयी हासिल गरेको छ । वडा नम्बर २ मा रितेश राउत, ९ मा द०व प्रसाद अधिकारी, १० मा कुमार शर्मा र ११ मा पवन कार्कीले जित हात पारैका हुन् ।

यस्तै, नगरपालिकाको ३ वटा वडामा नेकपा माओबादी बिजयी भएको छ । जहाँ वडा नम्बर १२ मा दिनेश कुमार भट्टराई, वडा नम्बर १३ मा दिपक खड्का र १४ मा भैर बहादुर पुलामीले जित हात पारेको छन् ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...