Monday, May 29, 2023

यसपालि मत बदर हुने जोखिम धेरै, भोट हाल्दा यी कुरामा ध्यान दिऔँ

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

खोटाङकाे बतासेमा हावाहुरीले छाना उडाउँदा विद्यालयमा क्षति

खोटाङ - हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा रहेकाे महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीवार हिजाे बेलुका वर्षासँगै आएको हावाहुरीले विद्यालयको दुई वटा भवनको...

एमालेले गर्‍यो संसद अवरोध

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ। शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।

काठमाण्डौ – पालिका चुनावको रौनक बढे पनि कतिपय मतदातामा कसरी मतदान गर्ने अन्योल देखिएको छ । मतदाता शिक्षा प्रभावकारी नहुँदा मत बदर हुने जोखिम छ । यसपटक एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता छन् ।

६० प्रतिशत मत खसे पनि पाँच प्रतिशत बदर हुनसक्ने आकलन निर्वाचन आयोगको छ । सरदरमा पाँच प्रतिशत मत बदर हुने आयोगको अनुभव रहेको सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

मतपत्रमा धेरै चिह्न भएकाले मतदाता अलमल हुने जोखिम उत्तिकै छ । पहिलो पटक मतदानमा भाग लिनेहरुलाई अझ धेरै अलमल छ । मत माग्न दलहरू घरघरमा पुगेका छन् । तर निर्वाचन आयोगले यसपालि घरदैलोमा पुगेर मतदाता शिक्षा सञ्चालन गरेको छैन । यसपालि गठबन्धन गरेका दलहरुका साझा उम्मेदवार छन् । त्यसमा झुक्किन सक्ने अवस्था छ । चुनाव चिह्नको कोठाबाहिर स्वस्तिक छाप लगाए मत बदर हुन्छ ।

दुईवटा चिह्नकोबीचमा छाप लगाए, औँठाछाप, नबुझिने गरी लतपल मत सङ्केत, मतदान अधिकृतको सही नभएको मतपत्र प्रयोग गरे पनि बदर हुनेछ । निर्वाचन आयोगका अनुसार पालिका चुनावमा एक जना मतदाताले मतपत्रको सातवटा चुनाव चिह्नमा मतदान गर्नुपर्छ ।

त्यसमा पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको चुनाव चिह्नमध्ये एउटामा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको चिह्नहरूमध्ये एउटामा, तेस्रो ठाडो लहरमा वडाअध्यक्ष पदको उम्मेदवारको चिह्नमध्ये एउटा चिह्नमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको एउटा चिह्नमा, पाँचौँ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको चिह्नमध्ये एउटा चिह्नमा मत दिनुपर्छ।

त्यस्तै छैटौँ र सातौँ ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारको चुनाव चिह्नहरू मध्ये कुनै दुई चिह्नमा छुट्टा–छुट्टै छाप लगाइ मतदान गर्नुपर्छ । यसरी हरेक पदका लागि आफूले रोजेको सात जना उम्मेदवारको चिह्न रहेको कोठाभित्र पर्ने गरी स्वस्तिक छाप लगाइ मत सङ्केत गर्न सकिने आयोगले जनाएको छ । मतपत्रमा मत सङ्केत गरेपछि मतपत्रलाई राम्ररी पट्याएर मत पेटिकामा खसाले बदर नहुने आयोगले जनाएको छ।

Hot Topics

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...

शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न

सिन्धुली - शुक्रबारबाट सिन्धुलीमाढिमा सन्चालन भएको नमुना संसद कार्यक्रम सम्पन्न भएको छ । वेभ्स इन नौकाको आयोजनामा भएको कार्यक्रम हिजो शनिबार...

Related Articles