Monday, June 5, 2023

सुनकोशी गाउँपालिकाले धान बालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने

सिन्धुलीको सुनकोशी गाउँपालिकाले धान बालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने भएको छ । कुषि ज्ञान केन्द्रको यहि चैत २२ गते प्राप्त पत्राअनुसार बेमौसमी बर्षाको कारण आएको बाढी पहिरो वा डुवानले धान बालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउन लागेको गाउँपालिकाले मंगलबार एक सुचना निकालेर जानकारी दिएको हो ।


राहत लिनका लागी किसानले आफ्नै जग्गाामा धान बाली खेती गरेको भएमा त्यस्तो जग्गाको कित्ता नं. र क्षेत्रफल खुल्ने गरि जग्गाधनी प्रमाण पत्रपुर्जाको प्रतिलिपि, अरु कसैले जग्गाधनीसँग आपसी समझदार वा करार गरी धान खेती गरिएको भए धान बाली लगाईएको जग्गाको कित्ता नं.र क्षेत्रफल खुल्ने गरि जग्गााधनी प्रमाण पुर्जा, जग्गा धनी वा किसानका बिचमा भएको करार सम्झौताको प्रतिलिपि वा जग्गाधनीले गरिदिएको कागज सहित निवेदन पेस गर्नु पर्ने छ ।


यस्तै, राहतका लागी किसानले धान खेती गरेको जग्गाको चार किल्ला सहितको क्षेत्रफल उपलब्ध भएसम्म जग्गाको कित्ता नं. खुलाई १ जना वडा सदस्य र धान बाली खेती गरेको जग्गा रहेको स्थान वाट नजिकका कम्तीमा ३ जना किसानको सनाखत सहीत सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र, धान बालीको क्षतिको विवरण, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, बैक खाताको विवरण र कुनै किसानको लगतमा नाम समावेस नभएको तर बेमौसमी बर्षाको कारण क्षति पुगेको भए त्यसरी क्षति पुगेको पुष्टि हुने प्रमाण समावेश गरि ७ दिन भित्र वडा कार्यालयमा निवेदन पेस गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...