Monday, June 5, 2023

कमलामाई नगरपालिकामा एमआरसी भबन उद्घाटन

सिन्धुलीको कमलामाई नगरपालिकामा एमआरसी भबनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रका बिच नगर प्रमुख खड्ग बहादुर खत्री र जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले रिवन काटेर भवनको उद्घाटन गर्नु भएको हो

भबन कमलामाई नगरपालिकाको ४ लाख, ४६ हजार, ३४९, दुधौली नगरपालिकाको ४ लाख, ४ हजार, ८२८, हरिहरपुरगढी गाउपालिकाको ३ लाख, १५ हजार, ८ सय ८५ र तिनपाटन गाउपालिकाको ३ लाख, १५ हजार, ८ सय ५५ गरि कुल १४ लाख, ८२ हजार ८ सय ८७ रुपैया लागतमा निर्माण हुन लागेको नगर प्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिनु भयो ।

नव निर्मित भवनबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुले के कस्ता प्रक्रिया पु¥याएर बिदेशीन सकिन्छ भन्ने कुराको परामर्श पाउँने उहाँले बताउँनु भयो ।

उद्घाटन कार्यक्रममा दुधौली नगरपालिकाका मेयर घनश्याम राउत, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ् लामा, तिनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाको उपस्थिति रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...