Thursday, June 8, 2023

पशु स्वास्थ्य शिबिर सम्पन्न

सिन्धुलीमा एक दिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । हरिहरपुर गढी गाउँपालिका पशु बिकास शाखाको आयोजनामा वडा नम्बर ७ को क्वाटरमा बुधबार शिबिर सम्पन्न भएको हो । शिबिरमा वडा नम्बर ६, ७ र ८ का करिब ५ सय किसानले सेवा लिएका थिए जसमा १ ÷ २ सय पशुहरुलाई शिबिरमा नै पालिकाका ९ जना पशु प्राबिधिकहरुले सेवा दिएका थिए ।

बुधबार संचालन भएको शिविरमा गाई गोरु, २ सय १० वटा, ३ सय ५१ रागाँ भैसी, १७ सय ४४ बाख्रा बोकाहरु, १२५ वटा वङगुर र २७ सय ४९ वटा कुखुरा गरि जम्मा ५१ सय ७९ वटा पशुहरुलाई निशुल्क औषधी बितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । शिविरमा पशु बन्ध्याकरण, भ्याक्सीन सेवा, पशुपंक्षि उपचार र पशु पंक्षी परामर्श सेवा दिएको थियो । शिविरमा जुका, नाम्लेको औषधी र बिभिन्न रोग नियन्त्रण गर्ने एन्टिवायोटिक दवाई, पशुलाई लुतो आउँदा लगाउने मलन र जुम्रा, किरा, उपियाका लागी प्रतिकुल असर नगर्ने खालका बिषादी निशुल्क वितरण गरिएको थियो ।

यस्तै, शिबिरमा भेडा बाख्रामा लाग्ने पिपिआर रोग बिरुद्धको भ्याक्सिन पनि लगाईएको हरिहरपुरगढी गाउँपालिका पशुसेवा शाखा प्रमुख राजेश कुमार मैनालीले जानकारी दिनु भयो । गाउँपालिकालाई पशु पालनको राम्रो पकेट क्षेत्र मानिन्छ तर पनि यस स्थानका बासीन्दालाई पशुहरुमा लाग्ने रोगहरु नियन्त्रण गर्ने ज्ञान नभएका कारण पशु पालन गरेपनि त्यति आन्दानी गरेको पाईदैन तसर्थ पालिकामा शिबिरको आयोजना गर्दा किसानहरुलाई शिबिर मार्फत जनप्रतिनिधि तथा प्राबिधिकहरुले पशु पालन सम्बन्धी जानकारी गराउँदा केहि कुरा सिक्ने, आफ्नो गाउँ ठाउँमै शिबिर हुदाँ किसानहरुले सेवा लिन सक्ने भएकाले शिबिरको आयोजना गरिएको पशुसेवा शाखा प्रमुख मैनालीले बताउँनु भयो ।

गाउँपालिकाको अध्यक्ष कारसाङ लामाको प्रमुख आतिथ्यता र वडा नम्बर ६ का वडा अध्यक्ष आईत सि मोक्तानको अध्यक्षतामा भइको शिबिरमा उपाध्यक्ष अनिता कुमारी राई, प्रमुख प्रशासकिय अधिकृत नबिन गङतान लामा लगायत अन्य कर्मचारी तथा स्थानीय बासीन्दाहरुको उपस्थिती रहेको थियो ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...