Thursday, June 8, 2023

आज चार वटा प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाण्डौ – आज चार वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोपख सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यून चापीय प्रणालीले यी चार वटा प्रदेशमा हल्का वर्षा गराउने सम्भावना छ ।

अरु तीन वटा वाग्मती, मधेस प्रदेश र प्रदेश(१ मा भने सामान्यतया मौसम सफा रहनेछ । अहिले काठमाण्डौ उपत्यकासहित देशभर घाम लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज राति हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलिदेखि केही दिन कुनै पनि मौसमी प्रणालीको प्रभाव नरहने अनुमान छ । तर प्रि(मनसुन सुरु भएपछि बेलुकीतिर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जस्ता गतिविधि हुनेछन् ।

Hot Topics

Related Articles

आउँदो ५ दिन तराई क्षेत्रमा ‘लु’ लाग्न सक्ने मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागमा तातो हावा तथा 'लु' लाग्न सक्ने चेतावनी जारी गरेको छ । महाशाखाले...

बिहानैदेखि चर्को घाम, तीन दिनसम्म ठूलो पानी नपर्ने

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि चर्को घाम लागेको छ । प्रि-मनसुन कमजोर भएसँगै अबको दुई/तीन दिन...

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

काठमाण्डाै - आज पनि पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । तराईका जिल्लामा...